उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
काठमाडौं । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रसँग आग्रह गरेका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ गर्दै उनले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।
‘हामीले जोड दिनुपर्ने क्षेत्र भनेको म्यानुफ्याक्चरिङ हो । नेपालको कुल गार्हस्थ उत्पादनमा ह्रास भइरहेको छ । यसलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्रमा हामीहरूले जोड दिनुपर्ने हुन्छ’ उनले भने । अहिले क्लिन इनर्जीको आवश्यक्ता बढ्दै गएको भन्दै उनले उत्पादनको क्षेत्रलाई पुग्ने विद्युत् उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनुपर्नेमा जोड दिए । त्यसमा नेपालमै बनेको सामग्री प्रयोग गर्न सके अर्थतन्त्रमा राम्रो परिणाम दिने पनि उनले बताए । कार्यक्रममा उनले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन अहिलेको सरकारले काम गरिररहेको जानकारी दिए । उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका संस्थाहरूले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको उनको भनाइ थियो । ‘निजी क्षेत्रले उठाएका कुरालाई सरकारले ध्यान दिएको छ । यसको सकारात्मक परिणाम केही समयपछि सबैले देख्ने नै छन्,’ उनले भने, ‘तपाईंहरूले एक्जिबिसन हलको कुरा गरे । आर्थिक गतिविधि बढ्दै गएपछि एक्जिबिसन गर्ने हल त चाहियो नि । आवश्यक्ताअनुसार आधुनिक एक्जिबिसन हल बनाउन के गर्दा सकिन्छ, तपाईंहरूसँग सल्लाह गरेर अगाडि बढाउँछौं ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको सुधारका लागि आफूहरूले समयमा ध्यानाकर्षण गराएको स्मरण गरे । आयात नियन्त्रण गर्दा राजस्व कम उठ्ने, अवैध कारोबार विस्तार हुने भन्दै निजी क्षेत्रले विगतमा सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनले निजी क्षेत्रले उठाएका विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । बिहीबारदेखि सुरु भएको फिन इलेक्ट्रो टेक–२०२४ आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ । विद्युत् तथा विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवद्र्धन गर्न लागिएको छ । सो मेलामा ४४ वटा ब्लक, २८ स्टल र एक ‘प्याभिलिएन’ छ । साथै, हलबाहिर पनि २६ स्टलहरू रहेका छन् ।
स्टलमा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीको उत्पादन, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्री राखिएका छन् । इलेक्ट्रो टेक प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ । यो ११औँ संस्करण भएको आयोजक समितिका अध्यक्ष रमेशप्रसाद देवकोटाले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
- शाइन रेसुंगा विकास बैंकद्वारा लाभांश घोषणा
- ग्लोबल आईएमई लघुवित्तको नाफा चार करोड
- एनएमबी लघुवित्तको नाफा ७१ लाख ५४ हजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया