‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
काठमाडौं । नेपाल, जापान र दक्षिण कोरियाबीचको ५० वर्ष पुरानो मित्रतालाई प्रवद्र्धन गर्न डिसेम्बरमा ‘के पप टुर इन नेपाल’ हुने भएको छ । काठमाडौंको हायात होटलमा डिसेम्बर २० र २१ तारिखमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको हो । कार्यक्रमको आयोजकमा ग्रान्ड च्यारिट नेपालले रहेको छ ।
विश्व प्रख्यात के–पप जे–पप ताराहरू र लामो पक्षका चर्चित नेपाली कलाकारसहितको दुई दिने संगीतिक कार्यक्रमले नेपाल र विदेशबाट हजारौं उत्साही प्रशंसकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकले बताएको छ । उक्त कार्यक्रममा जापान, दक्षिण कोरिया र नेपालका कलाकारले प्रस्ततु दिने छन् । कार्यक्रम दिउँसो १ बजेबाट राति १० बजेसम्म हायात होटलमा यो कार्यक्रमको आयोजना हुने आयोजक ग्रान्ड च्यारिट नेपालले जानकारी दिए । यो कार्यक्रममा के पप, जे पप र ने–पपका कलाकारहरूले आफ्नो प्रस्तुति रहनेछ । नेपालसँग जापान र दक्षिण कोरियाको मैत्री सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको शुभ अवसरमा यो कार्यक्रमको आयोजना हुन लागेको आयोजकले जानकारी दिए । नेपालका कलाकारहरूसँग जापान र दक्षिण कोरियाका कलाकारहरूले एक अर्काको देशको संस्कृति झल्कने प्रस्तुति राख्नेछन् । कार्यक्रममा सहकार्य गर्न पाउँदा नेपाल, जापान र दक्षिण कोरियाका कलाकारहरू उत्साहित छन् ।
‘के पप टुर इन नेपाल’ सांगीतिक कन्सर्टमा नेपालका चर्चित ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले आफ्नो प्रस्तुति रहेको छ । कन्सर्टमा कोरिया तथा जापानका केल्ट नाइन वी, बस्टर्च ग्रुप, डस्टिन ग्रुप, लभ वन ग्रुप, सामुराईलगायतका ब्यान्डका कलाकारहरूले आफ्नो प्रस्तुति राख्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया