अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
काठमाडौं । अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने भएको छ । सीएफ मोटो नेपालको अधिकृत विक्रेता रिलायन्स ग्रुप नेपालले ‘सीएफ मोटो एडभेन्चर राइड २०२४ः अपर मुस्ताङ’को घोषणा गरेको हो ।
कम्पनीका अनुसार सो राइडले भर्खरै लञ्च गरिएको ४५०एमटीको क्षमता र प्रदर्शनलाई दर्शाउने छ । नाडा २०२४ मा लन्च गरिएपछि छोटो समयमा नै बजारमा बलियोसँग स्थापित भएको ४५०एमटी एड्भेन्चर चाहनेका लागि नभई नहुने बाइकको रूपमा परिचित भइसकेको छ । अब राइडरहरू यो उत्कृष्ट बाइकको पूर्णरूपमा अनुभव लिन सक्नेछन् । यो साहसिक यात्रा २०२४ को डिसेम्बर २ देखि डिसेम्बर ८ सम्म आयोजना हुने तय भएको छ । यसमा सहभागीहरूले काठमाडौंबाट कोरला सीमासम्म एक हजार किलोमिटरभन्दा बढीको चुनौतीपूर्ण बाटो पार गर्नेछन् ।
कम्पनीका अनुसार डिसेम्बर २ मा काठमाडौंबाट प्रस्थान गर्दै सहभागीहरूले नेपालको विविध भू–भाग पार गर्नेछन् । यसमा चितवन राष्ट्रिय निकुञ्ज, पाल्पा तानसेन, कालापानी, पवित्र तीर्थस्थल मुक्तिनाथ र प्रसिद्ध लोमान्थाङ सहरमा विश्राम गर्दै कोरला सीमानासम्मको यात्रा समावेश छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया