घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नवीनतम उत्पादन ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक उद्योगले ल्याएको हो । साथै, यसले नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार गहिरो अध्ययन अनुसन्धान साथै उच्च प्रविधिबाट उत्पादन गरिएको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ विशेषतः व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको छ । यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुती, उच्च टिकाउपन र छिटो सेट हुने रहेको छ । यसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँछ । यस सिमेन्टले व्यक्तिगत घर निर्माणकर्तामा निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने कम्पनीको विश्वास छ । गुणस्तरमा सम्झौता गर्नुपर्ने आर्थिक बाध्यता र निर्माणसम्बन्धी जानकारीको कमीलाई दृष्टिगत गर्दै घोराही सिमेन्ट इन्डस्ट्रीले यो सिमेन्टलाई बजारमा ल्याएको जनाएको छ । ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’ कम्पनीले १० प्रतिशत कम दरमा उपलब्ध गराउँदै सपनाको घर निर्माण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।
यो उत्पादन घोराही सिमेन्ट इन्डस्ट्रीको वितरण सञ्जालमा सहजै उपलब्ध हुनेछ । ढलाइ मिक्स सिमेन्टको आगमनसँगै कम्पनीले नेपालको दिगो र नवप्रवर्तनशील निर्माण अभ्यासलाई अझ सशक्त समर्थन प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिएको छ । घोराही सिमेन्ट उद्योग पश्चिम नेपालको दाङ जिल्लाको घोराहीमा एसियाको सबैभन्दा ठूलो उपत्यकाको बीचमा रहेको कम्पनीको स्थापना सन् २००९ मा भएको हो । घोराही सिमेन्ट उद्योगले सगरमाथा सिमेन्टको ओपीसी ५३ ग्रेड र ४३ ग्रेड, पीपीसी र सगरमाथा क्लिन्कर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया