एभरेस्ट कलरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
काठमाडौं । रंग उत्पादन गर्ने कम्पनी एभरेस्ट कलर लिमिडेटको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पुँजीको १५ प्रतिशत साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शनिबार सम्पन्न साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।
कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । त्यसमध्ये संस्थापक सेयरधनीले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ । यस्तै, सभाले संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पाँच जना सञ्चालकको पनि चयन गरेको छ । सभाले सरोज लुईंटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजिना श्रेष्ठ र आत्माराम ढुंगानालाई संस्थापक सेयरधनीका तर्फबाट सञ्चालकमा निर्वाचित गरेको हो । कम्पनीमा सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना र अर्का एक स्वतन्त्र सञ्चालक समेत सात जनाको सञ्चालक समिति रहने व्यवस्था छ । निर्वाचित सञ्चालकलाई निर्वाचन अधिकृत अधिवक्ता लीलानाथ घिमिरेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
एभरेस्ट कलर पाँच महिनाअघि प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो । कम्पनीले १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनी सरह उच्च गुणस्तरीय कलरहरू उपलब्ध गराउँदै आएको छ । स्वदेशी युवाहरू संगठित भई सहकारी मोडलमा एभरेस्ट कलर सुरु गरेका थिए । कम्पनीले नेपाली हावापानी सुहाउँदो उच्च गुणस्तरका प्रिमियमदेखि इकोनोमी ब्रान्डका विभिन्न प्रकारका रंगहरू उपलब्ध गराइरहेको छ । यस्तै, कम्पनीले निकट भविष्यमा १२ वर्ष वारेन्टी भएको सुपर प्रिमियम एक्स्टेरियर इमल्सन बजारमा ल्याउने तयारी गरेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया