अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
काठमाडौं । काठमाडौंबाट पूर्व जानेहरूलाई लक्षित गरी पलाँसेमा दाउरा चुलो रेस्टुरेन्ट सञ्चालनमा आएको छ । उक्त रेस्टुरेन्टमा गाउँघरकै स्वादमा अर्गानिक र नेपाली मौलिक परिकार पाइने रेस्टुरेन्टका सञ्चालकको भनाइ छ ।
साँगा पुग्नुभन्दा अलिकति अगाडि पलाँसे भन्ने ठाउँमा रहेको दाउरा चुलो रेस्टुरेन्ट ग्राहकहरूको रोजाइमा पनि पर्दै गएको छ । धुलिखेल, शिवमूर्ति, नमोबुद्ध, पलाञ्चोक भगवती, डोलेश्वर, आशापुरी घुम्न जानेहरूका लागि दाउरा चुलो स्वाद लिनैपर्ने ठाउँ बनेको छ । बाँस र स्टिलको संयोजनमा बनेको संरचनामा रहेको सो रेस्टुरेन्टमा सबै खानेकुरा दाउराबाट नै पकाइन्छ । यस्तै, गाउँको शैलीमा माटोको चुलोले पनि यो रेस्टुरेन्टलाई थप विशेषतायुक्त बनाएको छ ।
रेस्टुरेन्टले खुवाउने विशेष परिकार यही चुलोमा दाउरा बालेर पकाइने यसका संचालक विष्णु सापकोटाले बताए । उनी भन्छन्, ‘यहाँ खाजा नास्ता र विशेष गरी खाना खुवाउन दाउरा चुलो रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।’
उनका अनुसार यहाँ विशेष सेट खाने र साधारण सेट खाना दुई तरिकाबाट खान पाइन्छ । तर जे खाए पनि लोकल नै हुन्छ । यहाँको प्रिमियम खाना थाली सेट मात्र एक हजार रूपैयाँमा पाइन्छ । यसमा दाल, भात, तरकारी, खसीको पक्कु, लोकल कुखुराको पक्कु, फिस (माछा) फ्राई र कालिज करी (तरकारी) हुन्छ । यस्तै, स्पेसल खाना ढिँडो सेट एक हजार दुई सय रूपैयाँ पर्छ । थाली सेट र ढिँडो सेट यहाँका विशेष परिकार हुन् ।
सामान्य खाना सेट भने तीन सय रूपैंयाँमै पाइन्छ । यसमा दाल, भातसँगै माछा, खसीको मासु, कालिज र लोकल कुखुराको मासु समावेश हुन्छ । यस रेस्टुरेन्टको मेनुमा कालिज, बँदेल, लोकल भाले र खसीबोकाको मासुको परिकार रहेका छन् । बँदेलको परिकारमा सेकुवा, पोलेको, पोलेर साँधेको, तास, बोइल्ड, फ्राई हुन्छन् भने कालिजको पक्कु र करी पाइन्छ ।
लोकल भालेको मासु पोलेको, पोलेर साँधेको, सेकुवा, पक्कु, करी र पाङ्ग्रा समावेश हुन्छ । हाँसको छोइला र ट्राउट माछा पनि समावेश गरिएको छ । सागसब्जीहरू सिजनअनुसारको पाइन्छ ।
यस्ता परिकारहर पस्कन विष्णु आफैँले फर्म समेत सञ्चालन गरेका छन् । उनले पनौती र साँगामा कालिज र कुखुरा पालेका छन् । अन्य आवश्यक सामग्री त्यही लोकल किन्छन् । पलाँसेमा २०७८ असोजमा दाउरा चुलो खुलेको उनले बताए । दुई रोपनी क्षेत्रफलमा फैलिएको यो रेस्टुरेन्टमा दुई तलाको संरचना छ । एक पटकमा एक सय ५० जनालाई एक साथ सेवा दिन सक्छ । यसलाई उनले विस्तार गर्ने योजना समेत बनाइरहेका बताए । अन्य स्थानमा समेत यस्तै नयाँ दाउरा चुलो खोलेर लोकल र अर्गानिक खुवाउने उनको योजना छ । ‘नेपालमा गर्न सकिने धेरै काम छ, एउटा यस्तो पाँचतारे होटल हुनपयो जहाँ अर्गानिक र लोकल परिकार मात्रै पाउने । समयले साथ दियो भने त्यसको समेत योजना बनाउने छु’, उनले भने ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
- सानिमा बैंकको २०औँ साधारणसभा
- महालक्ष्मी विकास बैंकको हरित घर कर्जा
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’मा छुट
- लक्ष्मी लघुवित्तको नाफा एक करोड ७० लाख
- उपनिर्वाचनमा सेनाको परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस
- एउटै व्यक्तिले फलाए चार सय मुरी धान
- विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया