शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
काठमाडौं । शाओमीले नेपालमा तीन वटा नयाँ पावर ब्याङ्क सार्वजनिक गरेको छ । उक्त लन्चका साथ शाओमीले मोबाइल एक्सेसरिजमा गुणस्तर र विश्वासको साथै आफ्नो प्रतिष्ठालाई पनि थप सुदृढ बनाएको छ ।
नयाँ उपलब्ध मोडलहरू २२ दशमलव पाँच वाटको फास्ट चार्जिङसहितको शाओमी पावर ब्याङ्क ४ आई १० हजार एमएएच, ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्याङ्क ४ आई २० हजार एमएएच र २२ दशमलव पाँच वाटको फास्ट चार्जिङ र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्याङ्क १० हजार एमएएच रहेका छन् । यी उपकरणहरूले विभिन्न प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखी छिटो चार्जिङ क्षमता, बहु–उपकरण चार्जिङ र कम्प्याक्ट डिजाइनहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार २२ दशमलव पाँच वाटको फास्ट चार्जिङसहितको शाओमी पावर ब्याङ्क ४ आई १० हजार एमएएच तीन हजार चार सय ९९ रूपैयाँमा उपलब्ध छ भने ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्याङ्क ४ आई २० हजार एमएएच चार हजार नौ सय ९९ रूपैयाँमा उपलब्ध छ । त्यसैगरी २२ दशमलव पाँच वाटको फास्ट चार्जिङ र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्याङ्क १० हजार एमएएच चार हजार दुई सय ९९ रूपैयाँमा उपलब्ध रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया