Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवा मनि ट्रान्सफर र रेमिटली युुएसएबीच सम्झौता

इ–सेवा मनि ट्रान्सफर र रेमिटली युुएसएबीच सम्झौता


काठमाडौं, असार २६
डिजिटल रेमिटेन्समा ख्याति प्राप्त मनि ट्रान्सफर रेमिटली र इ–सेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानाडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले इ–सेवा मनि ट्रान्सफरमा नगद पैसा पठाउन सकिने नेपालस्थित इ–सेवाले जानकारी दिएको छ । साथै रेमिटलिबाट सिधै इ–सेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा सकिनेछ ।

इ–सेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्पmत नेपालमा रेमिट्यान्स कारोबार गर्दे आएको छ । अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै इ–सेवाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स पठाउन सकिने सेवा दिइरहेको छ । इ–सेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले इ–सेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु मुख्य उद्देश्य रहेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x