बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
काठमाडौं । बस सेवा डटकमले टिकट खरिद गर्दा शतप्रतिशत क्यासब्याक अफर सुरु गरेको छ । यात्रुहरूको सहजताका लागि देशका सबै गन्तव्यको टिकट काट्ने यात्रुहरूलाई शतप्रतिशत क्यासब्याक अफर सुरु गरिएको बस सेवाले जनाएको छ ।
आइतबारदेखि सुरु भएको अफरअन्तर्गत दैनिक १० जना यात्रुहरूलाई बस सेवाले टिकट काट्दा लागेको सबै रकम फिर्ता दिनेछ । बस सेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार देशका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रुहरूमध्ये दैनिक १० जनाले टिकट काट्दा लागेको सबै रकम फिर्ता पाउनेछन् । सो अफर मंसिर १५ गतेसम्म चल्ने जनाइएको छ । बससेवाको मोबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने सबैलाई अफरमा सहभागी गराइने प्रमुख कार्यकारी अधिकृत खनालले बताए । बस सेवा यात्रुको रोजाइमा परोस् भन्नका लागि पनि यो अफर सञ्चालन गरिएको खनालले जानकारी दिए ।
बस सेवाले देशभरका विभिन्न चार सय ३३ गन्तव्यको टिकट काट्दा शतप्रतिशत क्यासब्याक अफर लागू हुने जनाएको छ । देशका जुनसुकै स्थानबाट काठमाडौंका लागि छुट्ने बसको टिकट पनि काट्न सकिने हुँदा अफरले यात्रुहरू लाभान्वित हुने बस सेवाको अपेक्षा छ । संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा रहेका १० हजारभन्दा बढी स्टेसनरी, पान पसल, ट्राभल एजेन्सीलगायतबाट बस सेवा प्रयोग गरी टिकट काट्न सकिनेछ । ती स्थानबाट टिकट काट्दा पनि अफरमा सहभागि हुन सकिने बस सेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ७० भन्दा बढी जिल्लाका चार सय ३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढीको संख्यामा बस सेवाबाट टिकट काट्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया