टिकटक र चाइल्ड सेफनेटको सहकार्य
काठमाडौं । बालबालिका र युवाहरूको डिजिटल सुरक्षाका लागि चाइल्ड सेफनेटले टिकटकसँग सहकार्य सुरु गरेको छ । सो सहकार्यअनुसार पहिलो चरणमा बागमती, गण्डकी र कोशी प्रदेशमा बालबालिका, अभिभावकहरू र शिक्षकहरूलाई डिजिटल सुरक्षाबारे प्रशिक्षण दिइने छ । सोही क्रममा चाइल्ड सेफनेटले बालबालिका र युवाहरूका लागि डिजिटल सुरक्षा कार्यशाला आयोजना गरेको थियो ।
शुक्रबार ललितपुरमा भएको उक्त कार्यशालामा २० वटा विद्यालय र कलेजका ४० जनाभन्दा बढी सहभागीहरूलाई डिजिटल प्रविधिको सकारात्मक प्रयोग तथा चुनौतीहरूबारे चर्चा गरिएको थियो । बाल तथा युवामैत्री विधि प्रयोग गरिएको उक्त अन्तक्र्रियात्मक कार्यशालामा सहभागीहरूले सेक्स्टर्सन, रोमान्स स्क्याम र बाल यौन दुर्व्यवहार/शोषण सामग्रीजस्ता अनलाइन यौन दुर्व्यवहार र शोषणबाट सुरक्षित रहन जानकारी प्राप्त गरेका छन् । चाइल्ड सेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले युवाहरू र डिजिटल प्रविधिबीचको सम्बन्धबारे अन्तरक्रियात्मक प्रशिक्षण सञ्चालन गरेको जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया