Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनपीएलको युट्युब प्रसारण अधिकार डिस मिडिया नेटवर्कलाई

एनपीएलको युट्युब प्रसारण अधिकार डिस मिडिया नेटवर्कलाई


काठमाडौ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रसारण अधिकार डिस मिडिया नेटवर्कको एक्सन स्पोर्ट्सले हासिल गरेको छ ।

डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रसारण गर्न एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिस मिडिया नेटवर्कबीच सम्झौता भएको हो । दर्शकहरूले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानलमार्फत प्रत्यक्षरूपमा हेर्न सक्नेछन् । यसका साथै, प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ । प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x