इजी ट्याक्सी नेपाल एपले उपत्यकाका ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गरिदिने
काठमाडौं, असार २८
इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बीमा गरिदिने व्यवस्था ल्याएको छ । पछिल्लो दिनमा देशभर निरन्तर बढिरहेको कोरोना महामारीको विषयलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने व्यवस्था गरेको छ ।
यस योजनाअन्तरगत ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा संचालन गरिएको हुनुपर्नेछ वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आबद्ध हुने प्रतिबद्धता गर्नुपर्नेछ । यस इजी ट्याक्सी नेपालको एपमार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउनेछन् । यस एप भित्र चालक तथा यात्रुलाई सुरक्षित गराउनको लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको छ ।
जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने कुरा जानकारी प्राप्त हुन्छ र ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुर्याउने हो सजिलै दर्ता गर्न सक्दछ । यसबाट चालक तथा यात्रु दुबै सुरक्षित हुनुको साथै कुनै मालसामान छुटेको अवस्थामा पनि सजिलै आफु चढेको ट्याक्सीको बारेमा जानकारी प्राप्त गर्न सकिने र मालसामान फिर्ता पाउन सहज हुनेछ । यस प्रकारको सिस्टमको माध्यमबाट नेपाल सरकारलाई आवश्यक परेको बेलामा कोरोनाको ट्रेसिङ्ग गर्नुपर्दा सहयोग पुग्नुको साथसाथै आवश्यक विबरणहरु पनि सजिलै संकलन गर्न सकिनेछ । अहिलेको समयमा कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्दै ट्याक्सी सेवालाई सहजरुपमा संचालन गर्ने व्यवस्था मिलाउने कम्पनीको उद्धेश्य समेत रहेको छ ।
इजी ट्याक्सी नेपालकाका अध्यक्ष संजीत पौडेलले देशभर लागू भएको लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसाय समेत बन्द भएको र समस्यामा रहेको हुँदा यसलाई सहज बनाउन बीमा गर्न लागिएको बताए । ‘भर्खर सिमित संख्यामा ट्याक्सी चल्न थालेका छन र यात्रुहरुलाई समेत सुरक्षित भएको संदेश दिनुपर्नेछ, जसमा कोरोना बीमा गर्दा ट्याक्सी चालकहरुले ढुक्कले सेवा दिनसक्नेछन्’, अध्यक्ष पौडेलले भने । यसका साथसाथै ट्याक्सी व्यवसायीलाई ट्याक्सी बीमा गराउँदा विभिन्न बीमा कम्पनीसँगको सहकार्यमा इजी ट्याक्सीले सहुलियत दरमा ट्याक्सी बीमा गराउने व्यवस्था समेत गरेको छ ।
जसअन्तरगत इजी ट्याक्सी नेपालले ट्याक्सी बीमामा न्यूनतम ७ सय रुपैयाँ देखि ८ हजार ७ सय ६५ रुपैयाँसम्मको छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यसैबिच ट्याक्सीको बीमा अवधि सकिएका वा सकिन लागेका ट्याक्सी व्यवसायीहरुले ट्याक्सी बीमा नविकरण गराउन इजी ट्याक्सी नेपाल एपको कार्यालय तिनकुने सुबिधानगरमा सम्पर्क गर्न कम्पनीले आग्रह समेत गरेको छ । यस इजी ट्याक्सी नेपाल एपले बिगत लामो समयदेखि यस ट्याक्सी व्यवसायलाई व्यवस्थित, मर्यादित, भरपर्दो तथा सुरक्षित तरिकाले संचालन गर्नको लागि काम गरिराखेको छ । इजी ट्याक्सी नेपाल एप गूगलको प्ले स्टोर र एप्पल एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया