Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरिचार्जर एपमा केएन९५ मास्क ५० रुपैयाँमा

रिचार्जर एपमा केएन९५ मास्क ५० रुपैयाँमा


काठमाडौं, असार २८
विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको एन९५ मास्क नेपालमा पनि पाइने भएको छ । हालसम्म नेपालमा उपलब्ध नभएको उक्त मास्क मोबाइल एप रिचार्जरले नेपालमा भित्र्याएको हो । ९५ प्रतिशतसम्म हावालाई पूर्ण रुपमा फिल्टर गर्नसक्ने उक्त मास्क कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि धेरै उपयोगी हुने विश्वास गरिन्छ ।

कोरोना संक्रमणको जोखिमका बीच नेपालमा नै पहिलोपटक रिचार्जरले विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको एन९५ मास्क भित्र्याएको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । साथै रिचार्जरले कार्यालय, होटल तथा रेष्टुरेन्टलाई लक्षित गर्दै लेमन फ्लेवरको गुणस्तरीय एमएचआई ब्राण्डको थोक तथा खुद्रा बिक्री वितरण गर्नथालेको छ । नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रिचार्जरले एमएच आईका स्यानिटाइजरको बिक्री वितरण सुरु गरेको हो ।

अल्कोहलको गन्धयुक्त स्यानिटाइजरबाट आजित बनेको अवस्थालाई मध्यनजर गर्दै लेमन फ्लेवरको स्यानिटाइजर बजारमा उपलब्ध गराउन लागिएको ग्लाइडरले जानकारी दिए । प्रि बुकिङ गरेर मात्र यो स्यानिटाइजर खरिद गर्न सकिनेछ । ग्लाइडरका अनुसार अहिले बजारमा बिक्रीवितरण भइरहेको केएन९५ मास्क पनि रिचार्जरले ५० रुपैयाँमा उपलब्ध गराउनेछ ।

त्यसैगरी कोभिड प्रतिरोधात्मक भिटामिन सीयुक्त डबल सी ब्राण्डको जुस एक सय रुपैयाँमा एउटा किन्दा एउटा सित्तैमा उपलब्ध हुने ग्लाइडरले बताए । बरकम र एनएक्स २००० ब्राण्डका इन्फ्रारेड थर्मलगन ५० प्रतिशत छुटमा रिचार्जरमा किन्न सकिन्छ । रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटललगायत सबै क्षेत्रका लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ ।

जतिको रिचार्ज ग-यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले असार मसान्तसम्म नयाँ प्रयोगकर्ताहरुलाई एप डाउनलोड गरेर खाता खोल्नेहरुलाई एक हजार क्यास प्वाइन्ट उपलब्ध गराउँदै आएको छ । यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ । यसरी उपलब्ध हुने क्यास प्यान्टलाई रिचार्जरबाट सामान किन्दा रिडिम गरी छुटको रूपमा प्रयोग गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x