Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले सुरु ग-यो वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ

एनसेलले सुरु ग-यो वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ


काठमाडौं, असार २८
एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाको लागि बुकिङ सुरु गरेको घोषणा गरेको छ । एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरीय र भरपर्दो वायरफ्री प्लस वाइफाइ सेवा ल्याउनलागेको हो । यो सेवा लिन इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्छन् ।

वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विशेषता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो । बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४ सय २५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक लगायतका डिजिटल कन्टेन्टहरुको फाइदा लिन सक्नेछन् । कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा वायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठूलो डेटा भोलुमसँगको बन्डलिङसहित प्रि बुकिङ्ग लिँदै छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि समूहअन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४ सय २० दिनको प्याकेजहरु लिन सक्छन् । प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने ७ सय ९९ रुपैयाँ (करबाहेक)बाट सुरु हुन्छ ।

प्याकेजको समयसीमाअनुसार ग्राहकले एकपटक मात्र तिर्नपर्ने ग्राहक शुल्क ५ सय रुपैयाँ, २ हजार ५ सय रुपैयाँ वा ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्दछ । ४ सय २० दिनको समयसीमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहक लिने प्याकेजअनुसार यी प्याकेजहरुअन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधिभित्र प्रयोग नगरिसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात् जोडिनेछैन ।

वायरफ्री प्लस वाइफाइ सेवाको बारेमा उत्साहित हुदै एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘आफ्ना ग्राहकलाई आवश्यकताअनुसार उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै सदैव सन्तुष्ट राख्नु हाम्रो उद्देश्य रहँदै आएको छ । हामीले प्रदान गर्ने कनेक्टिभिटी सोलुसन्समार्फत ग्राहकले सेवाको राम्रो अनुभव गर्न पाऊन् भन्ने हामी सुनिश्चित गर्न चाहन्छौँ । यस वायरफ्री प्लस वाइफाइले ग्राहकलाई वायरलेस डेटा कनेक्टिभिटीको नयाँ अनुभव गराउनेछ । हामीलाई विश्वास छ यो सेवाले धेरैभन्दा धेरै मानिसलाई इन्टरनेटमा पहुँच प्रदान गरी उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्नेछ ।’

सुरुको चरणमा सुदूरपश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरादेखि पूर्वको मोरङ, सुनसरी र धनकुटासम्म देशका विभिन्न ४० भन्दा बढी जिल्लामा यो सेवा उपलब्ध हुनेछ । विशेष योजनाअन्तर्गत प्रि–बुकिङ सीमित अवधिको लागि मात्र ल्याइएको हो । हप्ताको सातै दिन, चौबीसै घण्टा उपलब्ध हुने ग्राहक सेवाले ग्राहकलाई इन्टरनेट सेवाको नयाँ अनुभव प्रदान गर्नेछ । आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याइसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ । व्यावसायिक उडान सुचारु भए एनसेलले साउन तेस्रोे हप्ताबाट यो सेवा सुचारु गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x