Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी ए२१एस स्मार्टफोन बजारमा

सामसङको ग्यालेक्सी ए२१एस स्मार्टफोन बजारमा


काठमाडौं, साउन १
सामसङले २०२० को लागि सबैभन्दा सुलभ दरमा ग्यालेक्सी ए स्मार्टफोनअन्तर्गत ग्यालेक्सी ए२१एस प्रस्तुत गरेको छ । ग्यालेक्सी ए२१एस सामसङ ब्राण्डको उत्कृष्ट विश्वास एवं आकर्षक मूल्यका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी ए२१एस कम्पनीको ए सिरिज लाइनबाट ‘वेष्ट अफ एभ्रिथिङ’को रुपमा ल्याएको कम्पनीको भनाइ छ । यस फोनमा भएको ४८ मेगा पिक्सलको क्वाड क्यामेरा सेटअपले आजका युवा ग्राहकहरूलाई आफ्नो मोबाइलको क्यामेरामा अन–द–गोको अवस्थामा पनि फोटोहरु क्याप्चर गर्न सक्षम तुल्याउँदछ ।

यसमा भएको ४८ एमपीको मुख्य क्यामेरा तथा अल्ट्रा वाइड लेन्सको साथ ८ एमपीको क्यामराले उत्कृष्ट तस्बिरहरू लिन मद्दत गर्दछ । यसको डेफ्थ क्यामेरा, जसले लाइभ फोकस मोडमा आश्चर्यजनक फोटोहरू क्याप्चर गर्न सक्दछ । यसका अन्य सुविधाहरू आठ गुणा जुम, डेडिकेटेड फुट मोड, र अल्ट्रा वाइड पानोरमा जस्ता रहेका छन् । आफूले खिचेका व्यक्तिगत फोटाहरुलाई अझै जीवन्त एवं व्यक्तिगत बनाउन विभिन्न प्रकारका स्ट्याम्पहरू, फिल्टरहरू र स्टिकरहरू प्रयोग गर्न पनि सकिने कम्पनीले जनाएको छ । ग्यालेक्सी ए२१एस मा २०ः९ को रेसियोको डिस्प्ले तथा डल्बी एट्मस अडियोको साथ उपलब्ध रहेको छ, जसले गर्दा सिनेम्याटिक दृश्यहरूको जीवन्त अनुभव प्राप्त गर्न सकिन्छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ए२१एसमा लामो समयसम्म चल्ले ५००० मेगाहर्जको ब्याट्री राखिएको छ, जसले प्रयोगकर्तालाई २१ घण्टाको भिडियो हेर्ने सुविधा प्रदान गर्दछ । यसको १५ वाटको फास्ट चार्जिङ्ग सुविधाले चाँडै नै मोबाइल चार्ज हुने हुँदा धेरै समय खेल खेल्न एवं मनोरञ्जन लिन सकिन्छ । साथै यसमा नक्सद्वारा इन्स्क्रिप्ट गरिएको छ, जसले गर्दा गोप्य फाइलहरु, क्रेडिटकार्डका विवरणहरु तथा कारोबार, पासवर्डहरु एवं स्वास्थ्यसम्बन्धी डाटाहरुलाई थप सुरक्षा प्रदान गर्दछ । अहिले साइवर हमलाको खतरा रहेको अवस्थामा सामसङको नक्स उपयोगी सिद्ध भएको कम्पनीको भनाइ छ ।

साइबर हमला गरी, प्रयोग कर्ताहरुको डाटाहरुलाई नष्ट गर्ने जालसाजीको घटना लगातार बढिरहेका छन् । सामसङ नक्सले लगातार सुरक्षा जाँच गर्ने र मोबाइल फोनको प्रामाणिकता जाँच गर्ने कम्पनीले जनएको छ । प्लेटफर्मस्तरदेखि अपरेटिङ सिस्टम प्रणालीको माध्यमबाट चलिरहेको र कुनै पनि नकारात्मक परिवर्तन पत्ता लगाई ग्राहकको डाटा सधैं सुरक्षित छ भनेर सुनिश्चित गर्दछ । यसले डाटालाई जहिले पनि सुरक्षित र कुनै पनि सम्भावित साइबर आक्रमणबाट बचाउन मद्दत गर्छ ।

ग्यालेक्सी ए२१एसमा नयाँ एक्सनोस ८५० चिपसेटको समेत स्थापना गरिएको छ । जुन एआइ पावर्ड गेम बुस्टर २.० को साथ उपलब्ध रहेको छ । कम्पनीका अनुसार यसले फ्रेम दर एवं स्टेविलिटिमा सुधार गर्दछ र म्याक्सिमम सेटिंग्समा पनि गेम खेल्दा ब्याट्री भने कम खपत गर्दछ । साथै यसमा चार जिवी -याम र ६४ जीबी इन्टरनल भण्डारण रहेको छ जसलाई ५१२ जीबीसम्म बढाउन पनि सकिन्छ । यसका साथै थप सुविधा एवं सहजताको प्रदान गर्न सामसङको सिग्नेचर वान यूआई इन्टरफेसले उपभोक्ताहरूलाई एक हातले चलाउने तथा डार्क मोडको सुविधा प्रदान गरी थप सहजता प्रदान गरेको छ ।

यस फोनमा फेस रिकग्निसन तथा फिंगरप्रिन्ट पहिचान सेन्सर पनि उपलब्ध रहेको छ । यस फोनलाई केवल आफ्नो अनुहार अगाडि देखाएपछि यो आफैं खुल्दछ, जसले गर्दा तुरून्त एवं सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ । ग्यालेक्सी ए२१एस कालो, सेतो तथा निलो रङ्गमा उपलब्ध रहेको छ । यो फोन सेट बुधबारदेखि नेपालभरका सामसङ ब्रान्ड स्टोरहरुमा पाइने छ । यो फोनको मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x