एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’
काठमाडौं, साउन १
एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिनसक्छन् । प्रिपेड ग्राहकले यस अफरअन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्याइस प्याक आफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्नेछन् ।
ग्राहकले ७ दिन समयसीमा रहेको ७ सय मिनेट अननेट टकटाइम करसहित मात्र ९५ रुपैयाँ ७७ पैसामा लिन सक्नेछन् । यो प्याकमा ग्राहकले प्रतिदिन ७ दिनसम्म १ सय मिनेट टकटाइम प्राप्त गर्नेछन् । त्यस्तै १५ दिनको प्याकमा ग्राहकले करसहित मात्र १९१ रुपैयाँ ५४ पैसामा १ हजार ८ सय ७५ मिनेट अननेट टकटाइमको पाउनेछन् । साथै १५ दिनसम्म प्रत्येक दिन १ सय २५ मिनेटको टकटाइमबाट फाइदा लिन सक्छन् । साथै भ्वाइस सेवाको अलि धेरै आवश्यकता रहेका ग्राहकका लागि ३० दिनको आकर्षक भ्वाइस प्याक रहेको छ ।
यस प्याकअन्तर्गत ग्राहकले करसहित मात्र ३ सय ८१ रुपैयाँ ७९ पैसामा ४ हजार ५ सय मिनेट अननेट टकटाइम लिन सक्छन् । यसमा ग्राहकले हरेक दिन १ सय ५० मिनेट टकटाइम ३० दिनसम्म प्राप्त गर्दछन् । यो प्याक सुचारु गर्ने ग्राहकले मात्र ८ पैसा प्रतिमिनेटमा कुराकानी गर्न सक्छन् । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन् । जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी १७११८ मा एसएमएस पठाउनु पर्ने हुन्छ । त्यस्तै ग्राहकले १५ दिनको प्याकको लागि १२५ र ३० दिनको प्याकको लागि १५० टाइप गरी १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् ।
‘इन्डलेस कुराकानी प्लस’ अफरको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका चिफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप भ्वाइस अफर ल्याउन पाएकोमा हामी निकै हर्षित छौं । यी आकर्षक भ्वाइस प्याकहरुले ग्राहकलाई आफ्ना परिवार, आफन्त र साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहन मद्दत गर्दै थप मूल्य प्रदान गर्ने विश्वास लिएका छौं ।” आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर ल्याइसकेको र साथै ‘वायरफ्री प्लस वाइफाइ’ सेवाको बुकिङ सुरु गरिसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया