Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमले प्याकेजसहितको आकर्षक समर अफर उपलब्ध गराउने

टेलिकमले प्याकेजसहितको आकर्षक समर अफर उपलब्ध गराउने


काठमाडौं, साउन १
नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक समर अफर उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफरअन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी समर अफर उपलब्ध गराइएको टेलिकमले जनाएको छ । समर अफरअन्तर्गतको सेवा साउन १ गते बिहीबारदेखि ९० दिनसम्म उपलब्ध हुनेछ । पहिलेदेखि नै उपलब्ध केही प्याक यथावत् राखिएको छ भने केही प्याकलाई परिमार्जन गरी थप ग्राहकमैत्री बनाइएको टेलिकमको भनाइ छ । कम्पनीले युट्युब स्ट्रिमिङ डाटा प्याकअन्तर्गत २५ रुपैयाँमा एक दिनका लागि १ जीबी डाटा उपलब्ध गराएको छ ।

त्यस्तै सोसल मिडिया प्याकअन्तर्गत १५ रुपैयाँमा एक दिनका लागि २ सय एमबी डाटा उपलब्ध हुनेछ । सोसल मिडिया प्याकमार्फत फेसबुक, ट्विटर, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिनेछ । कम्पनीका अनुसार रातिको समयमा प्रदान गरिएको भ्वाइस प्याक यसअघि राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र उपलब्ध भएकोमा अब एक घण्टा बढाएर बिहान ७ बजेसम्म उपलब्ध गराइनेछ । नाइट टाइम भ्वाइस प्याकअन्तर्गत १० रुपैयाँमा उपलब्ध ६० मिनेटको भ्वाइस प्याक यथावत उपलब्ध छ भने १५ रुपैयाँमा ३ रातका लागि २ सय मिनेट र ३० रुपैयाँमा ७ रातका लागि ३ सय ५० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ । यी प्याक राती १० बजे देखि बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

यसैगरि अलटाइम डाटा प्याकअन्तर्गत ३ दिन, ७ दिन र २८ दिनका लागि लिन सकिने प्याकमा केही परिमार्जन गरिएको छ । यसमा ६० रुपैयाँमा ३ दिनका लागि ४ सय एमबी, एक सय रुपैयाँमा ७ दिनका लागि ८ सय एमबी, २ सय ८० रुपैयाँमा २८ दिनका लागि २.५ जीबी, ५ सय रुपैयाँमा २८ दिनका लागि ७ जीबी र ८ सय रुपैयाँमा २८ दिनकै लागि १६ जीबी डाटा उपलब्ध हुनेछ । डे डाटा प्याकअन्तर्गत अब १० रुपैयाँमा ८० एमबी र १८ रुपैयाँमा २५० एमबी डाटा प्याक प्राप्त गर्न सकिने छ । बिहान ६ देखि साँझ ६ बजेसम्म प्रयोग गर्न सकिने सो प्याकको समयावधि २४ घण्टा हुनेछ ।

यसैगरी वान नाइट अनलिमिटेड डाटाअन्तर्गत राति ११ देखि बिहान ६ बजेसम्म चलाउन सकिने प्याकेज २० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । डे भ्वाइस प्याकअन्तर्गत १२ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १ सय २० मिनेट कल गर्न सकिने अर्को प्याक पनि उपलब्ध हुनेछ । यो अफरमा प्रदान गरिएको १ सय २० मिनेट एकैदिन प्रयोग भएन भने भोलिपल्ट २४ घण्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिने छ । त्यस्तै १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म लागू हुने अनलिमिटेड कल अफरलाई निरन्तरता दिइएको छ ।

कम्पनीले लार्ज डाटा प्याकअन्तर्गत अब १ हजार ६ सय रुपैयाँमा ६० दिनका लागि ३० जीबी प्याक र तीन हजार रुपैयाँमा १ सय २० दिनका लागि ६० जीबी प्याक उपलब्ध हुने जनाएको छ । फोरजी/एलटीई अफर अन्तर्गत १५ रुपैयाँमा १ दिनका लागि जम्मा १ सय एमबी डाटा उपलब्ध हुनेछ । यसबाट ५० एमबी सबै नेटवर्कमा प्रयोग गर्न सकिने छ र थप बोनसको रुपमा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने ५० एमबी डाटा उपलब्ध हुनेछ । साथै पहिले देखि नै स्प्रिङ अफरका रुपमा उपलब्ध अन्य प्याकहरु यथावत् रहेको कम्पनीले जनाएको छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५ह्याक्स डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । पहिलोपटक कम्पनीको एप प्रयोग गर्दा १०० एमबी डाटा फ्रि उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x