बागबानी केन्द्रले ४३ वर्षमा पहिलोपटक स्थापना दिवस मनायो
महेन्द्र शाही
सोलुखुम्बु, साउन २
सोलुखुम्बुको फाप्लुमा रहेको बागबानी केन्द्रले पहिलो पटक आफ्नो स्थापना दिवस मनाएको छ । वि.सं. २०३४ सालमा स्थापना भएको केन्द्रले पहिलोपटक औपचारिक कार्यक्रम गरी सोमबार ४१औँ स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा केन्द्रले आफ्नो प्रगति, चुनौती तथा अवसर लगायतका विषयमा सरोकारवाला जानकारी प्रदान गरेको छ ।
हिमाली जिल्ला सोलखुम्बुसहित छिमेकी जिल्लाहरु ओखलढुंगा र खोटाङका कृषकलाई समेत सेवा दिने उद्देश्यले स्थापना भएको केन्द्रले कृषि प्रविधि प्रसारको क्षेत्रमा समेत काम गर्ने गरेको केन्द्रले जनाएको छ । केन्द्रले जिल्लामा किबी, स्याउ तथा विभिन्न प्रजातिका कृषि उपजहरु विस्तार गर्न सफल भएको दाबी गरेको छ । केन्द्रका अनुसार पछिल्लो समय स्याउ उत्पादनमा क्रमिक रुपले गिरावट आएको छ भने किबी खेती विस्तारमा कृषकहरु सक्रिय बनेका छन् । जलवायु परिवर्तनका कारण स्याउ उत्पादनमा वर्षेनी गिरावट आइरहेको केन्द्रको भनाइ छ ।
पछिल्लो समय सोलुखुम्बुमा उत्पादन तथा कृषकको चासो पनि किबी खेतीतर्फ रहेको केन्द्रका सूचना अधिकारी बालकुमारी राईले जानकारी दिइन् । यद्यपि कृषकको मागअनुसार किबीको बिरुवा उपलब्ध गराउन भने नसकेको केन्द्रले स्वीकार गरेको छ । केन्द्रले लगानीको अनुपातमा राजस्व संकलन भने न्यून रहेको बताइएको छ । नयाँ प्रजातिका खेती तथा फलफूल विस्तार गरिरहेकाले लगानीको अनुपातमा राजस्व संकलन अत्यन्त न्यून रहेको केन्द्रले केन्द्रले जानकारी दिएको छ । केन्द्रमा पछिल्लो समय तरकारी खरिद गर्नेहरु केही मात्रामा आउने गरेको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- विपद् व्यवस्थापनमा चेम्बर र जापानी निकायबीच सहकार्य हुने
- ओमोडा एन्ड जेइकोको ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम’ रणनीति सार्वजनिक
- लन्डनको डब्ल्युटीएममा नेपालको सहभागिता
- अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण
- नेप्से परिसुचक एवं कारोबार रकम दुबै बढ्यो
- सिंगापुुरमा हुुने एसिया इकोनोमिक फोरममा उद्योग संगठन मोरङ सहभागी हुने
- नेपाली आईटी कम्पनी इन्फोडिवेलपर्स जापानमा सम्मानित
- कामना सेवा विकास बैंकद्वारा मठमन्दिर र पार्क सरसफाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया