Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमौद्रिक नीतिको स्वागत

मौद्रिक नीतिको स्वागत


काठमाडौं, साउन ४
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको स्वागत गरेको छ । कोरोना (कोभिड–१९) को महाव्याधिका कारण गत चैत ११ गतेदेखि करिब तीन महिना पूर्ण बन्दाबन्दी र त्यसपछि बन्दाबन्दीमा ल्याइएको सामान्य खुकुलोपनमा उद्योग, व्यापार तथा व्यवसाय र अर्थतन्त्रमा संकुचन आइरहेको यस जटिल अवस्थामा राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिले निजी क्षेत्रलाई उत्साह दिएको महासंघले जनाएको छ ।

कोभिडबाट कम, मध्यम र अति प्रभावित पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको साँवाको किस्ता र ब्याज रकमलाई क्रमशः आगामी पुस मसान्त, चैत मसान्त, २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था र पुनर्स्थापित हुन समय लाग्ने पर्यटन क्षेत्र लगायतका अति प्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानीका लागि आवश्यकताअनुसार थप समय प्रदान गर्ने गरी कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरू स्वागतयोग्य रहेको महासंघको भनाई छ ।

पुनरकर्जा सम्बन्धी व्यवस्थाले उद्योगी व्यवसायीलाई मद्दत पु-याउने महासंघले विश्वास लिएको छ । कर्जा स्रोत परिचालन अनुपात वृद्धिले तरलता वृद्धि गर्न मद्दत गर्ने, चालू पुँजी कर्जाको सीमामा २० प्रतिशतसम्म अतिरिक्त कर्जा प्रवाह गर्न सक्ने व्यवस्थाले निजी क्षेत्रलाई सहयोग पु-याउने महासंघको विश्वास छ । वाणिज्य बैंकले कृषि र ऊर्जाको क्षेत्रमा गर्नु पर्ने लगानीसम्बन्धी व्यवस्थाले कृषिको आधुनिकीकरण र उर्जा क्षेत्रको विकासमा मद्दत गर्ने विश्वास लिएको महासंघले जनाएको छ । साथै, वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले निश्चित प्रतिशत रकम लघु, साना एवम् मझौला उद्यमका क्षेत्र र पर्यटनलगायतका क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने व्यवस्थाले यी क्षेत्रहरूको विकासमा मद्दत गर्ने महासंघको विश्वास छ ।

मौद्रिक नीतिमार्फत ल्याइएका नीतिहरु महासंघले औपचारिक एवं अनौपचारिक रूपमा सरकार र राष्ट्र बैंकलाई दिइएका सुझावहरूअनुरुप नै आएको बताएको छ । सञ्चालनमा आउन नसक्ने कम्पनी तथा फर्म बन्द गर्न चाहेमा बक्यौता ब्याज मिनाहा गरी सहज बहिर्गमनको व्यवस्था र उधारो संकलनसम्बन्धी कानुनी व्यवस्था निजी क्षेत्रको अपेक्षा भएपनि मौद्रिक नीतिमा उक्त व्यवस्था समेटिन नसकेको महासंघले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x