Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभेस्पा अप्रिलियाको नयाँ सुविधायुक्त शोरुम टेकुमा

भेस्पा अप्रिलियाको नयाँ सुविधायुक्त शोरुम टेकुमा


काठमाडौं, साउन ४
नेपालमा इटालियन ब्रान्ड पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स प्रालिले टेकुमा सम्पूर्ण सुविधायुक्त शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको उदघाटन दुगड ब्रदर्स एण्ड सन्स प्रालिका उपादक्ष्य विवेक दुगड र निर्देशक उर्भी दुगडले गरेका थिए । सोही कार्यक्रममा छ वटा स्कुटरका ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो ।

हालै दुगड ब्रदर्स एण्ड सन्स प्रालिले कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली अर्थव्यवस्था तथा उपभोक्तामा ठुलो असर गरिरहेको अवस्थामा न्यु नर्मल योजनाअन्तर्गत भेस्पा र अप्रिलिया खरिदमा ५ हजार नगद छुट र सुन्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्नसक्ने व्यवस्था पनि ल्याएको छ ।

साथै भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कूटर कभर, अफिसियल क्यारिङ उपलब्ध गराएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीले अनलाइनबाट नै स्कूटर डेलिभरी गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्री डेलिभरीको गराउने व्यवस्था गरेको छ । कम्पनीले सबै ग्राहकको सुविधालाई मध्यनजर गर्दै यो योजना सुरु गरिएको र टेकु शोरुम पायक पर्ने सेन्टर लोकेसनमा भएको हुनाले ग्राहक सुविधामा वृद्धि हुने भेस्पा अप्रिलियाको मार्केटिङ म्यानेजर करुणा पुडासैनीले बताइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x