Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको मि राउटर४सी नेपालमा

शाओमीको मि राउटर४सी नेपालमा


काठमाडौं, साउन ५
शाओमी नेपालमा मि राउटर ४सी सार्वजनिक गरेको छ । मि राउटर ४सी का साथ शाओमी देशको अन्य श्रेणीमा प्रवेश गरेको छ । कम्पनीका अनुसार यो नेपालमा पहिलो स्मार्ट राउटर हो जुन उपयोग, गति र दायराको सजिलोका लागि अनुकूल छ । सााथै स्मार्टफोनमा भएको स्मार्ट मी वाइफाइ एपबाट पहुँच गर्न सकिन्छ । प्रत्येक घरको सेटिङमा मिल्ने आधुनिक डिजाइनको विशेषता भएको मि राउटर ४सी सबैको लागि उचित होम नेटवर्क कनेक्सन भएको कम्पनीको दाबी छ । ८०२.११ एन वाइफाइ टेक्नोलोजीद्वारा सक्षम मि राउटर ४ सी अधिकतम ३०० एमबीपीएसको नेटवर्क गतिसम्म पुग्न सक्दछ ।

यसमा भएको डुअल कोर सीपीयू र ६४एमबी ठूलो ¥यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन गर्दछ । कम्पनीका अनुसार मी वाइफाइ एपमार्फत, प्रयोगकर्ताले सजिलै यो उपकरण सेटअप गर्न सक्दछन् । साथै प्यारेन्टल कन्ट्रोल र गेस्ट नेटवर्क सेटिङजस्ता स्मार्ट फंक्सन एरेमा पहुँच गर्न सक्दछन् । मी राउटर ४ सी २ हजार ३ सय ९९ रुपैयाँमा सबै मी प्रिफर्ड पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर सस्तोडिलमा खरिदका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x