Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोेद्वारा नेपालमा ए३१ स्मार्टफोन सार्वजनिक

ओप्पोेद्वारा नेपालमा ए३१ स्मार्टफोन सार्वजनिक


काठमाडौं, साउन ६
ओप्पोेले नेपालमा ए सिरिजअन्तर्गत ओप्पोे ए३१ स्मार्टफोन सार्वजनिक गरेको छ । ओप्पोे ए३१ फ्यान्टसी ह्वाइट (सेतो) र मिस्ट्री ब्ल्याक (कालो) गरी दुई आकर्षक रंगमा सार्वजनिक गरिएको छ । ७२०ह१६०० पिक्सेलसहितको ६.५ इञ्च वाटरड्रप डिस्प्ले र ८९ प्रतिशत स्क्रिन रेसियोसहितको यस फोनले उच्च गुणस्तरीय दृश्यानुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

स्क्रिनको सुरक्षार्थ कम्पनीले ओप्पोे ए३१मा गोरिल्ला ग्लास थ्रीको व्यवस्था पनि गरेको छ । यसमा रहेको आई प्रोटेक्सन स्क्रिन फिल्टरले हानिकारक ब्ल्यू लाइटबाट प्रयोगकर्ताका आँखालाई सुरक्षा प्रदान गर्छ । यसको मोटाइ ८.३ एमएम हुने गरी डिजाइन गरिएको छ । साथै ओप्पोे ए३१को पछिल्तिर तीनवटा लेन्सको व्यवस्था गरिएको छ । कम प्रकाश भएका स्थान पनि उत्कृष्ट तस्बिर खिच्न सकियोस् भन्ने सोचका साथ फोनको प्रमुख क्यामेरामा १२एमपी सेन्सर र एफ/१.८ एपर्चरको व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

यसमा रहेको २एमपी माक्रो लेन्सले थप जुम गरी बिहानीको शीत, फूलेको फूललगायत साना चिजको आकर्षक तथा ठूलो आकारमा तस्बिर लिन सकिन्छ । यी दुईका साथमा २एमपी डेफ्ट सेन्सरको पनि फोनमा उपलब्ध गरिएको कम्पनीको भनाइ छ । यसले सब्जेक्टलाई ब्याकग्राउण्ड संग छुट्याई पोट्रेट शट्समा उत्कृष्ट बोके उपलब्ध गराउन मद्दत गर्छ । यसमा रहेको ८एमपी एफ/२.० फ्रण्ट एआई व्यूटिफिकेसन क्यामेराले अझ प्राकृतिक, सुन्दर सेल्फी खिच्न सघाउने कम्पनीको दाबी छ ।

सार्वजनिक ओप्पोेको नयाँ ए सिरिजमा १ सय २८ जीबी रोम उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार सञ्चय क्षमतालाई २ सय ५६ जीबी सम्मको माइक्रोएसडी कार्डको प्रायेग गरी बढाउन पनि सक्छन् । ओप्पोे ए३१लाई मिडियाटेकको शक्तिशाली १२ एनएम एमटी६७६५भी चिपसेटले सञ्चारित गर्छ । यसमा रहेको ४ जीबी -यामसहितको ओक्टाकोर प्रोसेसर उत्कृष्ट स्मार्टफोन कार्यक्षमता प्रदर्शन गर्न २.३ जीएचजेडको गति लिने क्षमता राख्छ ।

यसमा रहेको ४ हजार २ सय ३०एमएएच क्षमताको ब्याट्री एकपटक पूर्णरुपमा चार्ज गर्दा प्रयोगकर्ताले १४ घण्टासम्मको अनलाइन भिडियो स्ट्रिमिङ वा ७ घण्टासम्म निरन्तर अनलाइन गेम्स तथा १ सय १० घण्टा अडियो प्लेव्याकको मज्जा लिन सकिने कम्पनीको भनाइ छ । फोनमा फिंगरप्रिन्ट अनलकका साथै सुदृढ सेक्योरिटी अल्गोरिथमका साथमा फेसियल अनलक पनि उपलब्ध गरिएको छ । कम्पनीका अनुसार ओप्पोे ए३१को बजार मूल्य २६ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

यसका साथै कम्पनीले आफ्नो आईओटी उत्पादन अन्तर्गत नेपाली बजारमा ओप्पोे एन्को डब्ल्यू ११, एन्को डब्ल्यू ३१ र एन्को एम३१ पनि सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो अफलाइन रिटेल च्यानल मार्फत उपलब्ध गराउने ओप्पोे एन्को डब्ल्यू११को बजार मूल्य ३ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी ई–कमर्स प्ल्याटफर्म दराज मार्फत उपलब्ध गराइने दूई उत्पादन एन्को डब्ल्यू ३१को मूल्य ६ हजार ९ सय ९० रुपैयाँ र एन्को एम३१को मूल्य ४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x