‘जगदम्बा मोटर्स र लायन्स क्लब अफ काठमाडौं समर्पण’को सहकार्यमा निःशुल्क मास्क वितरण
काठमाडौं, साउन ७
जगदम्बा मोटर्स र लायन्स क्लब अफ काठमाडौं समर्पणको सहकार्यमा निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड–१९ को संक्रमण समुदायमा फैलिन नदिन कामको शिलसिलामा घरबाट बाहिर निस्कने मानिसको लागि सरकारले नै मास्क अनिवार्य गरेको छ ।
सरकारको निर्णयमा सहयोग पु-याउन जगदम्बा मोटर्स र लायन्स क्लब अफ काठमाडौं समर्पणले निःशुल्क मास्क वितरण गरेको जनाएका छन् । संसारभर नै मास्कलाई एक भरपर्दो सुरक्षा विधि भएको विश्व स्वास्थ्य संगठनले समेत प्रमाणित गरिसकेको छ । सरकारले लकडाउन खुकुलो पार्दै लगेसँगै मानिसहरुको आवतजावत पनि दिनानुदिन वृद्धि हुँदै गएको छ । मानिसहरुको धेरै चहलपहल हुने स्थानहरुमध्येको कालीमाटी तरकारी बजार, बल्खु तरकारी बजार, यातायात कार्यालय, असन, वसन्तपुर, कलंकी, पाटन दरबार क्षेत्रहरुमा जगदम्बा र लायन्स क्लबले मास्क वितरण गरेका हुन् ।
यस अभियानअन्तर्गत ४ हजार थान मास्कहरु सर्वसाधारणलाई निःशुल्क वितरण गरिएको थियो । अभियानमा मास्क वितरण सँगसँगै सर्वसाधारणलाई मास्क लगाउने उचित तरिका, मास्क लगाउँदा कोरोना भाइरसबाट बच्ने ज्ञानका साथै भीडभाडमा सामाजिक दूरी कसरी कायम गर्ने, हात धुनेलगायतका जनचेतनामूलक जानकारीहरु पनि प्रदान गरिएको थियो । एक सातासम्म सञ्चालन गरिएको यो अभियानको अन्तिम दिन पाटन दरबार क्षेत्रमा कार्यक्रम संचालन गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया