Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली बजारमा नोकिया २.३ स्मार्टफोन

नेपाली बजारमा नोकिया २.३ स्मार्टफोन


काठमाडौं, पुस ६
विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी नोकियाले आफ्नो क्षेत्र विस्तारका लागि टेलिटक प्रालिसँग साझेदारी गरेको छ । टेलिटक प्रालि नेपालमा विगत दशकदेखि विभिन्न ब्राण्डका मोबाइलहरु बिक्री तथा वितरण प्रवद्र्धनका लागि प्रख्यात छ । टेलिटकले नेपालमा नोकिया २.३ मा सार्वजनिक गरेको छ । नोकिया २.३ इन्ट्री लेभलको स्मार्टफोन हो । यसमा ६.२ एच डी प्लस स्क्रीन, डुअल क्यामरा, दुई दिनसम्म टिक्ने ब्याट्री तथा प्रयोग गर्दा नौलो मनोरञ्जनात्मक अनुभूति दिने यसको विशेषता रहेको छ ।

नोकिया २.३ मा एआई टेक्नोलोजीद्वारा सञ्चालित डुअल क्यामरा छ । यसमा ‘रेकमेन्डेड सट’ फिचर रहेको छ । एन्ड्रोइड १० भएको नयाँ नोकिया २.३ मा तीन वर्षसम्म मासिक सेक्युरिटी अपडेट र दुई वर्षसम्म एन्ड्रोइड ओएस अपडेट ग्यारेन्टेड छ । कम्पनीका अनुसार नोकिया २.३ मा हेलियो ए२२ क्वाड – कोर प्रोसेसरले पावर दिएको हुन्छ । यस्को डिभाइस सीपीयूमा २ जीबी ¥याम र ३२ जीबी स्टोरेज छ, तथा स्टोरेजको क्षमता माइक्रो एसडी कार्डद्वारा ५१२ जीबीसम्म बढाउन सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x