Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरिचार्जरमा ३५ रुपैयाँमा केएन९५ मास्क

रिचार्जरमा ३५ रुपैयाँमा केएन९५ मास्क


काठमाडौं, साउन ९
सरकारले लकडाउन खुला बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई कोरोना संक्रमणको जोखिमबाट बच्न विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउने भएको छ । विशेषगरी रिचार्जरले सार्वजनिक यातायातमा हुने भीडभाडलाई ध्यानमा राखेर यात्रु तथा सवारी चालकका लागि सुपथ मूल्यमा स्वास्थ्य सुरक्षासामाग्रीहरु उपलब्ध गराउन लागेको ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।

रिचार्जरले विश्व स्वास्थ्य संगठनले सर्टिफाइड गरेको एन ९५ मास्क ३५ रुपैयाँमा उपलब्ध गराउनेछ । त्यसैगरी कोभिड प्रतिरोधात्मक भिटामिन सीयुक्त डबल सीब्रान्डको जुस १०० रुपैयाँमा एउटा किन्दा एउटा सित्तैमा उपलब्ध गराउनेछ । साथै रिचार्जरले सार्वजनिक यातायातका साधनका लागि आवश्यक स्वास्थ्य सामग्रीको कम्बो ५ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने ग्लाइडरले जानकारी दिए ।

रिचार्जरले कोरोना संक्रमण न्युनिकरणका लागि आवश्यक पर्ने मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्शनल प्रोटेक्सन किट्स लगायतका सामान नाफा नोक्सान नहेरी सस्तो मूल्यमा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको छ । रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटललगायत सबै क्षेत्रका लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ । यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ ।

रचार्जरबाट सामान किनेर एनआईसी एसिया बैंकको क्यू आर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाइने व्यवस्था समेत गरिएको छ । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउछन् । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x