किया सोनेटको पहिलो तस्बिर सार्वजनिक
काठमाडौं, साउन ११
किया मोटर्स कर्पोरेसनको पूर्ण स्वामित्वको भगिनी संस्था किया मोटर इन्डियाले बिहीबार नयाँ किया सोनेट कम्प्याक्ट एसयुभीको पहिलो तस्बिर सार्वजनिक गरेको छ । सोनेटको अवधारणा पहिलोपटक २०२० दिल्ली अटो एक्स्पोमा सार्वजनिक गरिएको थियो । यसको ताजा बाहिरी डिजाइनले व्यापक प्रशंसा पाएको थियो । सार्वजनिक गरिएको नयाँ तस्बिरका साथ सोनेटले आगामी हिउँदमा बजारमा आउँदा डिजाइनको नयाँ मानक स्थापना गर्नुका साथै कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ गतिशीलता थप्ने लक्ष्य लिएको छ ।
किया सोनेटले चित्ताकर्षक डिजाइनलाई प्रिमियम र ताजा अपिलसँग एकाकार गर्दै उक्त ब्रान्डको डिएनएलाई जोड दिएको छ । कम्प्याक्ट एसयुभीको बोल्ड डिजाइनमा कियाको परिचायक डिजाइन विशेषताहरु, सशक्त दृश्य प्रभावका लागि त्रिआयामिक ज्यामितीय ‘स्टेपवेल’ जालिका साथ विख्यात बाघको नाकजस्तो जालीलगायतको सम्मिश्रण छ । कियाको परिचालक जालीमा भारत प्रभावित प्रभाव प्रदर्शन हुँदा सोनेटको आक्रामक मुद्राले यसको विषम अपिल प्रकट गरेको छ । सोनेट भारतमा कियाद्वारा निर्मित दोस्रो कार हो । यसअघि कियाले भारतमा सेल्टोस उत्पादन गरेको थियो । नयाँ मोडलले विश्वभरका ग्राहकलाई आकर्षित गर्ने र छिट्टै यसको ग्लोबल प्रिमियर हुने बताइएको छ । त्यसपछि आगामी पर्वको छेकोमा भारतमा सोनेट सार्वजनिक गर्ने कार्यक्रम छ ।
किया सोनेट प्रविधिसँग जानकार, आकांक्षी र सामाजिक रुपमा जोडिएका युवा पुस्ता लक्षित कार हो । द पावर टू सरप्राइज ब्रान्ड स्लोगनका साथ किया मोटर इन्डिया, सेल्टोसको हालसालै गरिएको सार्वजनिकीकरण र कार्निभलमा देखिएको अतुलनीय स्वामित्व अनुभव प्रस्तुत गर्दै ग्राहकको अतृप्त आवश्यकता र चाहना पहिचान एवं परिपूर्तिका लागि प्रयासरत छ । लन्च हुँदा सोनेट चित्ताकर्षक डिजाइनका कारणले मात्र नभएर अति उत्तम निर्माण गुणस्तर, यो वर्गको नेतृत्वदायी विशेषता, कनेक्टिभिटीको नविनता, पावरट्रेनको छनोट र बृहत् सुरक्षा उपकरणका कारण प्रख्यात हुने कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया