ओप्पो ए५२ नेपालमा
काठमाडौं, साउन १२
ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए५२ सार्वजनिक गरेको छ । ब्राण्डले सार्वजनिक गरेको नयाँ ह्याण्डसेटको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरेको छ । ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दुई रंगमा उपलब्ध गरिएको छ । यसको मोटाइ ८.९ एमएम र वजन जम्मा १९२ ग्राम रहेको छ । कम्पनीका अनुसार ओप्पो ए५२को डिस्प्ले १०८०ह२४०० एफएचडी प्लस रेजोलुसनसहितको ६.५ इञ्च नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रिन)को प्रयोग गरिएको छ । स्क्रिनको पिक्सेल डेन्सिटी ४०५ पीपीआई रहेको छ । उपकरणको स्क्रिन टू बडी रेसियो ९० दशमलब ५ प्रतिशत छ । फोनको डिस्प्लेमा इन–सेल टेक्नोलोजी (सनलाइट स्क्रिन), ब्ल्यू सिल्ड (टीयूभी राइनल्याण्ड प्रमाणित) लगायत पनि उपलब्ध गरिएको कम्पनीको भनाइ छ ।
ओप्पो ए५२मा कम्पनीले क्वाड रियर क्यामेरा सेटअपको प्रयोग गरेको छ । यसको प्रमुख रियर क्यामेरा एफ१.७ एपर्चरसहितको १२एमपी र सेकेन्डरी रियर क्यामेरा एफ२.२ सहितको ८एमपी (वाइड) रहेको छ । साथै, फोनमा दूई ओटा एफ२.४ एपर्चरसहितको २ एमपी रेजोलुसन सेन्सर रहेका छन् । जसमध्ये, एउटा माक्रो लेन्स र अर्को पोटे«ट लेन्स हुन् । यिनमा टच टु फोकस, फेज डिटेक्सन एएफ अटोफोकस प्रविधि पनि उपलब्ध छ । फोनको रियर क्यामेरालाई सहयोगार्थ यसमा डुअल एलईडी फ्ल्यासको प्रयोग गरिएको छ । सेल्फीका लागि भने एफ२.० एपर्चरसहितको १६.०एमपी फ्रन्ट क्यामेराको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
ओप्पो ए५२लाई ओक्टाकोर (४×२.० जीएचजेड कायरो २५० गोल्ड+४×१.८ जीएचजेड कायरो २६० सिल्भर) क्वालकम स्न्यापड्रागन ६६५ चिपसेटले सञ्चारित गर्ने कम्पनीको भनाइ छ । फोनमा ४जीबी -याम र १२८जीबी आन्तरिक सञ्चय क्षमताको व्यवस्था गरिएको छ । कलरओएस ७.१ (एण्ड्रोइड १०)द्वारा सञ्चारित हुने यसमा प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार एसएसडीमार्फत सञ्चय क्षमतालाई २५६जीबीसम्म बढाउन सक्छन् । फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सरको प्रयोग गरिएको छ । ओप्पो ए५२मा कम्पनीले १८वाट फास्ट चार्जिङ प्रविधिसहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरेको छ । यसमा पाँच हजार मेगाहर्जको ब्याट्री रहेको छ । ओप्पो ए५२को गत साउन १ गतेका दिनदेखि नै प्रमुख विक्रि केन्द्रहरुमार्फत कम्पनीले बजारमा उपलब्ध गराइसकेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया