ग्यालेक्सी एस२० तथा एस२० प्लसमा मेगा एक्स्चेन्ज अफर
काठमाडौं, साउन १४
सामसङले “मेगा एक्स्चेन्ज अफर” प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो स्मार्टफोनलाई नयाँ ग्यालेक्सी एस२० तथा एस२० प्लससँग साट्न सक्नेछन् । कम्पनीका अनुसाार पुरानो स्मार्टफोनसँग ग्यालेक्सी एस २० प्लस साट्दा ग्राहकहरुले तत्काल क्यास ब्याक वा सामसङ एलईडी टिभी प्राप्त गर्नेछन् । ग्राहकले ३२ इन्च सामसङ एलईडी टिभी वा २२ हजार रुपैयाँको क्यास ब्याक मध्ये एक छनौट गर्न सक्नेछन् ।
ग्यालेक्सी एस२०को हकमा भने १९ हजार रुपैयाँको क्यास ब्याक प्राप्त गर्न सकिने छ । यो योजनामा सामेल हुने ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । यो योजना जुलाई महिनाको ३१ तारिखसम्म लागू गरिएको कम्पनीले जनाएको छ । यी फोनमा ६४ मेगापिक्सलको क्यामरा, दुबै फोनमा उच्चस्तरीय फोटो खिच्नको लागि सेन्सर राखिएको छ । दुबै फोनमा ३० गुणासम्मको जुम रहेको छ ।
सिङ्गल टेकले अनिवार्य रुपमा यसमा भएका सबै लेन्सहरुको प्रयोग आफ्नो रियर क्यामरामा गर्दछ, यसमा विभिन्न फाम्र्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सकिनेछ, जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनः खिच्न आवश्यक हुँदैन । कम्पनीका अनुसार ग्यालेक्सी एस२० संसारको पहिलो त्यस्तो स्मार्ट फोन हो जसबाट ८ के भिडियो रेकडिङ्ग सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया