Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजोन्टा क्लब काठमाडौंद्वारा घरेलु हिंसाविरुद्ध डिजिटल प्यानल सेसन आयोजना

जोन्टा क्लब काठमाडौंद्वारा घरेलु हिंसाविरुद्ध डिजिटल प्यानल सेसन आयोजना


काठमाडौं, साउन २०
जोन्टा क्लब काठमाडौंले विशेष गरी लकडाउनपछि महिलाविरुद्ध हुने घरेलु हिंसाको बढ्दो घटनाहरुको प्रतिक्रियाको रुपमा ‘बन्द ढोका पछाडि : कोभिड—१९ को समयमा घरेलु हिंसाको सत्यता’ शीर्षकमा डिजिटल प्यानल सेसनको आयोजना गरेको छ । यस सेसनको उद्देश्य लकडाउनको दौरान महिलाविरुद्ध हुने हिंसाको बढ्दो घटनाको समाधान खोज्ने र जागरुकता ल्याउने रहेको क्लबको भनाइ छ ।

नेपाल सरकारले कोभिड—१९ को फैलावटलाई कम गर्न चैत ११ गतेबाट देशव्यापी रुपमा लकडाउन लागू गरेको थियो । यससँगै, महिला र केटीहरुविरुद्ध हुने हिंसा विशेष गरी घरेलु हिंसाका घटनाहरु ४० प्रतिशतले वृद्धि भएका छन् । घरभित्र बस्नु भाइरसको जोखिमबाट बच्ने उपायको रुपमा मानिएको छ, महिलाहरु आफ्नो घरभित्र अपराधीहरुसँग फसेका छन् र उनीहरुसँग सुरक्षाको पहुँच छैन । त्यस्तै बढ्दो मानसिक स्वास्थ्यका मुद्दा र आत्महत्या पनि अत्यन्त चिन्ताको विषय हो ।

कार्यक्रममा यूएनको महिलाविरुद्ध हुने सबै प्रकारको विभेद उन्मूलन महासन्धि समितिकी उपाध्यक्ष वन्दना राणाले कोभिड—१९ महामारीले विश्वव्यापी रुपमा विनाश ल्याएको बताइन् । साथै उनले कोभिड १९ ले अर्को प्रकारको संकट ल्याएको पनि ल्याएको र जसलाई यूएनले ‘छाया महामारी’ घोषणा गरेको बताइन् । छाया महामारीले कोभिड—१९ को बीच बढेका घरेलु हिंसालाई जनाउँछ ।

जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष जोन्टियन सीमा गोल्छाले क्लब काठमाडौंको उद्देश्य शारीरिक र मानसिक रुपमा घरेलु हिंसाबाट पीडित महिला र केटीहरुको आवभगत गर्नु रहेको बताइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x