Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्यालेक्सी एस२० प्लस र एस २० मा आकर्षक क्यासब्याक अफर

ग्यालेक्सी एस२० प्लस र एस २० मा आकर्षक क्यासब्याक अफर


काठमाडौं, साउन २०
सामसङले ग्यालेक्सी एस२० प्लस र एस २० मा आकर्षक क्यासव्याक अफर ल्याएको छ । अब, ग्यालेक्सी एस२० प्लसको खरिद गर्दा ग्राहकहरुले तत्काल २२ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी ग्यालेक्सी एस २० को खरिदमा भने १९ हजार रुपैयाँ क्यास ब्याक पाइनेछ ।

कम्पनीका अनुसार ग्यालेक्सी एस२० प्लस एक लाख चार हजार ९ सय ९९ रुपैयाँ र ग्यालेक्सी एस२० ९४ हजार ९ सय ९९ रुपैयाँमा पाईने छ । यसअघि ग्यालेक्सी एस२० प्लसको खरिद मूल्य १ लाख २६ हजार ९ सय ९९ रुपैयाँ तथा ग्यालेक्सी एस २० को खरिद मूल्य १ लाख १३ हजार ९ सय ९९ रुपैयाँ रहेको थियो । यो योजना अगस्ट १, २०२० देखि सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीको भनाइ छ ।

यी फोनमा ६४ मेगापिक्सलको क्यामरा, दुवै फोनमा उच्चस्तरीय फोटो खिच्नको लागि सेन्सर राखिएको छ । दुवै फोनमा ३० गुणासम्मको जुम रहेको छ । एस २० कस्मिक ग्रे र क्लाउड ब्लु तथा एस २० प्लस विभिन्न तीन रंगहरु–कस्मिक ब्ल्ल्याक, कस्मिक ग्रे, क्लाउड ब्लुमा उपलब्ध रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x