Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयामाहा एफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन–३ सम्पन्न

यामाहा एफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन–३ सम्पन्न


काठमाडौं, साउन २०
यामाहा एफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन–३ ब्लड, स्वेट र टियर्सले आफ्नो यस सिजनको विजेताको घोषणा गरेको छ । सन् २०१९ डिसेम्बर १६ बाट सुरु भएको यो रियालिटी शोले १८औँ शृंखलामा आएर आफ्नो विजेता प्राप्त गरेको हो । यसपटक हिमालय रोडिजको ताज पहिरिन रोडी सुजन सुवेदी सफल भएका छन् । सुजन ग्याङ्ग ग्रिनअन्तर्गत लाउरेको टिममा थिए । नेपालमा पहिलो पटक सन् २०१६ मा प्रसारण गरिएकोे युवापुस्तामा आधारित रियालिटी शोले तेस्रो शृंखलासम्म आइपुग्दा आफ्नो ढाँचामा धेरै परिवर्तन गरिसकेको छ ।

इण्डियाको फ्रेन्चाइज शो एमटीभी रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपालका युवाहरुले अत्यन्त रुचाएको र प्रतीक्षा गर्ने टिभी शो बन्न सफल भइसकेको कम्पनीले जनाएको छ । भोटको आधारमा, आन्तरिक र बाह्य, निष्काशन, खेल परिवर्तन गर्ने ट्विस्ट, सहभागीहरुबीच एड्रेनालाइन, दुस्साहस, चिच्याहट आदिका साथ यो सिजन खेलाडी व्यक्तित्व, बचावट र बहादुरीको एक अन्तिम दुस्साहस बनेको दाबी गरिएको छ ।

सिजन २ मा रोडिज उपाधि यामाहा एफ जेड सिरिजको मोटरसाइकलहरु सवार गरेर हासिल गरिएको थियो । यही प्रक्रियालाई सिजन ३ मा पनि निरन्तरता दिइएको कम्पनीले जनाएको छ । यसपटक पनि सम्पूर्ण कार्यहरुभरि एफ जेड सिरिजका बाइकहरुले नै रोडिजहरुलाई उनीहरुले पार गरिरहेका रोमाञ्चक कार्यहरुमा साथ दिइरहेको थियो ।

यो सिजन यामाहाद्वारा प्रस्तुत प्रतियोगीहरु र तिन्का ग्याङ्ग लिडरहरुको शारीरिक तथा बौद्धिक दुवै क्षमतालाई चुनौती दिनेखालको सिरिजकै सबैभन्दा कठिन कार्य गराएर सम्पन्न गरिएको थियो । विजेता सुजन सुवेदीले च्याम्पियनको सहचर यामाहार एफ जेड एफआईभी ३ का साथमा आफ्नो रोडी यात्रालाई निरन्तरता दिइरहने कम्पनीको भनाइ छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x