Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरिचार्जरको एप डाउनलोड गरे क्रिसमस क्याप निःशुल्क पाइने

रिचार्जरको एप डाउनलोड गरे क्रिसमस क्याप निःशुल्क पाइने


काठमाडौं, पुस ७
मोबाइल एप रिचार्जरले क्रिसमस अफर सार्वजनिक गरेको छ । एण्ड्रोइड तथा गुगल प्लेबाट रिचार्जरको एप डाउनलोड गर्नेहरुलाई रिचार्जरले दुईवटा क्रिसमस क्याप निःशुल्क उपलब्ध गराउने भएको हो । डिसेम्बर २३ तारिख अर्थात् पुस ७ गते सोमबार साँझ ३ बजेदेखि ४ बजेसम्मको अवधिमा रिचार्जर एपबाट क्रिसमस क्याप अर्डर गरिसक्नुपर्ने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत विशाल आचार्यले बताए ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेपछि प्रयोगकर्ताले १०० क्यास प्वाइन्ट पाउनेछन् । यसरी आउने १०० क्यास प्वाइन्ट खर्चेर प्रयोगकर्ताले सोमबार एक घण्टाको अवधिमा दुईवटा क्रिसमस क्याप अर्डर गर्न सक्नेछन् । क्याप अर्डर गर्दा अरु शुल्क लाग्नेछैन । प्रयोगकर्ताले दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको रिचार्जरको कार्यालयबाट क्याप संकलन गर्नुपर्ने हुन्छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा रिचार्जरले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै रिचार्जर बिग सेल २०२० को तयारी अन्तिम चरणमा पु-याएको छ ।

अहिले विदेशी प्रयोगकर्ताहरुले रिचार्जरबाट चौबीसै घण्टा नाइट फुड सर्भिस अर्डर गर्न सक्छन् भने स्वदेशी विदेशी पर्यटकलाई लक्षित गर्दै अफरहरु सार्वजनिक हुने क्रममा छन् । विश्वभर रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्नेछन् । स्वदेशी तथा पर्यटकहरुले रिचार्जरबाट २० हजारदेखि २ लाख रुपैयाँसम्ममा आकर्षक भ्रमण प्याकेजहरु पाउनेछन् । अहिले डाउनलोड गर्नुस्, समय र पैसाको बचत गर्नुस् भन्ने नारासहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x