Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेल आजियटाले सुरु ग-यो वाइफाइ, टक टाइम र डेटा वनडलसहितको वायरफ्री प्लस सेवा

एनसेल आजियटाले सुरु ग-यो वाइफाइ, टक टाइम र डेटा वनडलसहितको वायरफ्री प्लस सेवा


काठमाडौं, साउन २३
एनसेल आजियटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको छ । कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’अन्तर्गत मंगलवार देखि सुरु गरेको हो । वायरफ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यावसायिक दुवै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो । यो प्रविधिअन्तर्गत उपभोत्ताले विना तारको प्रयोग डेटा सेवा लिन सक्छन् ।

प्लानअनुसारको आकर्षक वनडल सेवा, वनडलिङ सेवाअन्तर्गत ग्राहकले दुईवटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा पाँच जीबीदेखि १० जीबी डेटा र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभीलगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, चौबीसै घण्टा उपलब्ध हुने ग्राहक सेवा यस वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विशेषता रहेका छन् । गत महिनादेखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि–बुकिङ लिन सुरु गरेको थियो ।

वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको अवसरमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो र यसमा ग्राहकले वनडल सेवासहित नयाँ अनुभव लिन सक्छन् । प्रि–बुकिङमा ग्राहकहरुबाट प्राप्त अर्डरले हामी उत्साहित भएका छौं । यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्र्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोत्तालाई इन्टरनेटमा पहुँच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल वनन योगदान गर्नेछ ।’

वार्षिक प्लानमा माासिक ६ सय ९० रुपैयाँको शुल्क रहेको यो सेवाअन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकताअनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीनवटा समूहमा कुनै पनि समूहअन्तर्गतको प्लान लिन सक्छन् । गोल्ड समूहअन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक मात्र ६ सय ९० रुपैयाँ (करबाहेक) शुल्कमा ६० जीबी वायरफ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिमकार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्त गर्दछन् ।

त्यस्तै प्लाटिनम समूहअन्तर्गत ग्राहकले मासिक मात्र ८ सय ६० रुपैयाँ (कर बाहेक) शुल्कमा ८५ जीबी वायरफ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् । डायमण्ड समूहअन्तर्गत ग्राहकले मासिक मात्र ९ सय ५० रुपैयाँ (करबाहेक) शुल्कमा १०० जीबी वायरफ्री प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् ।

वायरफ्री प्लस सेवा सुचारु गरी यस सेवाको फाइदा लिन इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्नुपर्नेछ । ग्राहकले एनसेल आजियटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्छन् । प्याकेजको समयसीमाअनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क ५ सय रुपैयाँ, दुई हजार पाँच सय रुपैयाँ वा तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ । ४२० दिनको समयसीमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ ।

ग्राहक लिने प्याकेजअनुसार यी प्याकेजहरुअन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । कम्पनीका अनुसार ३० दिनको समयावधिभित्र प्रयोग नगरिसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात् जोडिनेछैन । सुरुको चरणमा सुदूरपश्चिमको कञ्चनपुर, बैतडी, डडेल्धुरादेखि पूर्वको मोरङ, सुनसरी र धनकुटासम्म देशका विभिन्न ४० भन्दा बढी जिल्लामा यो सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन सुरु गरेको हो ।

आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर, एण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जाने बताएको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x