Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराजबाटै अपाचे नयाँ मोटरसाइकल किन्न सकिने

दराजबाटै अपाचे नयाँ मोटरसाइकल किन्न सकिने


काठमाडौं, साउन २३
टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० फोरभी को सिंगल डिस्क भेरियन्ट दराज एपमार्फत सार्वजनिक गरेको छ । कम्पनीले यसअघि डबल डिस्कमा मात्रै बिक्री गर्दै आएको अपाचे आरटीआर १६० फोरभी अब सिंगल डिस्कमा पनि उपलब्ध गराएको हो । जगदम्बा मोटर्स सधैँ आफ्ना ग्राहकलाई विभिन्न रेञ्जमा मोटरसाइकल उपलब्ध गराउन प्रतिबद्धता रहँदै आएको छ ।

यस्तोमा कम्पनीले नयाँ भेरियन्टमा अपाचे आरटीआर १६० फोरभीलाई बजारमा उतारेको हो । नयाँ उत्पादनमा अपाचे आरटीआर १६० फोरभी डबल डिस्कजस्तै सम्पूर्ण फिचरहरु उपलब्ध रहेको छ । सिंगल डिस्कमा पछाडि चक्कामा भने ड्रम ब्रेक दिइएको छ । दराजले चलाइरहेको ‘दराजले महाबचत योजना’ सकिएलगत्तै नयाँ अपाचे आरटीआर १६० फोरभी सिंगल डिस्क सार्वजनिक गरिएको हो । नेपालमा नै पहिलो पटक कुनैपनि कम्पनीले आफ्ना उत्पादनको सुरुवात नै डिजिटल प्ल्याटफर्ममार्फत गरेको यो पहिलो पटक हो ।

‘हामीले दराजको महाबचत योजनामा अपाचे आरटीआर १६० फोरभीको सिंगल डिस्क भेरियन्ट सार्वजनिक गरेका छौँ । अहिले कोभिड १९ को कारण सामाजिक दूरी कायम गर्दै अगाडि बढ्नुपर्ने भएकाले यसको लञ्चिङ नै डिजिटल प्ल्याटफर्मबाट गर्न उचित हुने लागेर दराजमार्फत नै बिक्री सुरु गरेका हौं’, जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भने ।

उनले दराजबाट अपाचे आरटीआर १६० फोरभी मोटरसाइकल किन्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने जानकारी समेत दिए । दराजमा यो योजना सात दिनको लागि रहनेछ । कम्पनीले साउन ८ गते सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा नै आरटीआर १६० फोर भी सिंगल डिस्क भेरियन्टको मूल्य सार्वजनिक गरेको थियो । कम्पनीले यसको मूल्य २ लाख ७२ हजार ९ सय रुपैयाँ तोकेको छ । तर मोटरसाइकलको छुटपछिको मूल्य २ लाख ५८ हजार ९ सय रुपैयाँ हुने छ ।

अपाचे आरटीआर १६० फोरभी मा पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । टीभीएसको रेसिङ डिएनएबाट प्रेरित रहेको अपाचे आरटीआर १६० फोरभी ले आफ्नो विरासतलाई कायम राख्न सकेको छ । टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड १ सय १३ किलोमिटर प्रतिघण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

यसमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ, आयल कुल्ड इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । यस मोटरसाइकलमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । आकर्षक हेडल्याम्पको साथमा आएको यो मोटरसाइकलमा डेटाइम रनिङ लाइट उपलब्ध रहेको छ । यसलाई कम्पनीले तीन कलर अप्सनमा बजारमा उतारेको छ । जसमा मेटालिक व्ल्यू, रेसिङ रेड र काइनाइट ब्ल्याक कलर रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x