Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवा मनि ट्रान्सफर र बहराइन फाइनान्सिङबीच सम्झौता

इ–सेवा मनि ट्रान्सफर र बहराइन फाइनान्सिङबीच सम्झौता


काठमाडौं, साउन २६
बहराइनमा रेमिट्यान्स क्षेत्रमा ख्यातिप्राप्त मनि ट्रान्सफर बहराइन फाइनान्सिङ कम्पनी (बिएफसी) र इ–सेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै बहराइनमा रहेका नेपालीहरुले बीएफसीको ५५ वटा शाखाहरु साथै बीएफसी बहराइज एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इ–सेवा वालेटमा पैसा पठाउन सक्नेछन् । नगदमा पठाइएको पैसा सिधै इ–सेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको इ–सेवाले जानकारी दिएको छ ।

इ–सेवाले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्फत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट आफूलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ । इ–सेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफूहरुको उद्देश्य रहेको इ–सेवाका प्रबन्धनिर्देशक अजेश कोइरालाले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x