Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो एफ–१५ का तीन मुख्य विशेषता

ओप्पो एफ–१५ का तीन मुख्य विशेषता


काठमाडौं, साउन २६
नेपालमा पहिलोपटक अनलाइनबाटै सार्वजनिक गरिएको ओप्पो एफ१५ले प्रयोगकर्तालाई व्यावसायिक फोटोग्राफीकै अनुभव प्रदान गराइरहेको छ । यसमा रहेको ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइनमार्फत यस्तो अनुभव हुने कम्पनीले जनाएको छ । एफ सिरिजअन्तर्गतको यो नयाँ उत्पादनले प्रयोगकर्ता अनुभवमा थप सुधार ल्याउँदै अझ व्यावसायिक तस्बिर खिच्न सघाउने ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए । के छन् त यसका मुख्य विशेषता ?

हत्केलामै व्यावसायिक फोटोग्राफी : स्लिक प्याकेजमा उपलब्ध ओप्पो एफ१५मा कम्पनीले ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम उपलब्ध गरेको छ । फोनको मूल्य श्रेणीमा उपलब्ध उत्पादनहरुमध्ये यसको क्यामेरा उच्च क्षमता छ । यसले अल्ट्रा प्रोफेसनल शट्स दिने क्षमता राख्छ । यसमा रहेको फोर इन वान पिक्सेल कम्बिनेसन प्रविधिको प्रयोगले यसको ४८एमपी रियर क्यामेरा सेन्सरको डिजाइनमार्फत विस्तृत तथा गुणस्तरीय तस्बिर लिन सघाएको छ ।

यसमा रहेको वाइड एंगल मोडमार्फत प्रयोगर्ताले करिब ३ सेन्टिमिटरसम्म सहजै अटोफोकस गर्न सक्छन् । कम्पनीका अनुसार फोनका फ्रन्ट तथा पछिल्ला दुवैतिरका क्यामेरामा रहेको एआई भिडियो ब्युटिफिकेसन फिचरमा उपलब्ध गरिएको नयाँ अल्गोरिथमले हरेक अनुहारका लागि सुहाउँदो प्राकृतिक ब्युटिफिकेसन एड्जस्टमेन्ट गर्छ ।

यसले कस्टमाइज्ड एनालाइसिस पनि उपलब्ध गराउँछ । आन्तरिक गायरोस्कोपका साथै इलेक्ट्रोनिक इमेज स्टेबलाइजेसन (ईआईएस) सुसज्जित ओप्पो एफ१५मा ओप्पोको अग्रणी एण्टि–शेक भिडियो पनि उपलब्ध गरिएको छ । शेकी (हल्लिरहेको) अवस्थामा समेत ओप्पो एफ१५ले स्पष्ट, शार्प र सटिक (कम्पन रहित) भिडियो खिच्न सघाउँछ । तस्बिर वा भिडियोमार्फत आफ्ना कथाहरु प्रस्तुत गर्न चाहनेहरुका लागि ओप्पो एफ१५ सटिक माध्यम हुन सक्छ । फोनमा कम्पनीले कम प्रकास भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटोग्राफीको मज्जा दिने सोचका साथ नाइट प्रोटे«ट मोड पनि उपलब्ध गराएको छ ।

कम्पनीले उपलब्ध गराएका पछिल्ला संस्करणका तुलनामा ओप्पो एफ१५ रहेको नाइट पाट्रेट मोडले अध्यारा सडक, रेस्टुराँ, पार्कलगायत विशेष स्थानमा अझ सटिक पोटे«ट खिच्न सघाउँछ । त्यसैगरी, यसमा रहेको पोट्रेट एचडीआरले प्रत्यक्ष सूर्यको प्रकाश रहेका स्थानमा पहिलेका तुलनामा अझ सटिक र गुणस्तरीय पोट्रेट लिन सघाउँछ । फरक फरक एक्स्पोजर सहितका तस्बिर लिएर यसलाई इन्टेलिजेन्ट प्रविधिमार्फत एउटैमा मिलाएर एउटा विशिस्ट फोटो प्रस्तुत गर्छ । त्यसैगरी यसमा आवश्यकताअनुसार मिलान गर्न सकिने एड्जस्टेबल पोट्रेट बोकेह इफेक्ट पनि उपलब्ध छ । यसको सहायतामार्फत प्रयोगकर्ताले आफ्नो चाहनाअनुसार ब्याकग्राउण्ड बोकेह इफेक्ट समायोजन गर्न सक्छन् ।

अत्याकर्षक स्लिक डिजाइन र उत्कृष्ट परफरमेन्स : एक हातमा राखेर मज्जाले चलाउन सकियोस् भन्नेतिर विशेष ध्यान दिएर बनाइएको ओप्पो एफ१५को हल्कापन हातमा बोक्नेबित्तिकै अनुभव हुन्छ । जम्मा ७.९ एमएमको पातलो आकार र १ सय ७२ ग्राम वजन भएको यसमा दिइएको डिजाइनका कारण यसको स्क्रिन रेसियो २०ः९ रहेको छ । यो पछिल्लो एफ११का तुलनामा ५ प्रतिशत थप पातलो र ९ प्रतिशत हल्का हो ।

यसमा प्रयोग गरिएको स्लिम डिजाइनका कारण ओप्पो एफ१५ सहजै खल्तीमा बोक्न सकिन्छ । यसमा रहेका चार क्यामेरामा मिनिमलिस्टिक डिजाइन अपनाइनुका साथै फ्ल्यासलाइटको स्थान छनोट क्यामेराको प्रकाशका आधारमा गरिएको छ । क्यामेराको सतहलाई माथि उठाएर यसको लेन्सलाई थप सुराक्षा प्रदान गर्ने सोचका साथ यसमा डेकोरेटिभ रिङको ब्यवस्थापनि गरिएको छ ।

समग्रमा भन्नुपर्दा ओप्पो एफ१५ स्टाइलिश, अल्ट्रा पोर्टेबल र सटिक ओटीजी फोन हो । ओप्पो एफ१५मा रहेको फिंगरप्रिन्ट अनलक ३.०ले उपकरणलाई मात्र ०.३२ सेकेण्डको अवधिमा अनलक गर्छ । यो पछिल्लो पुस्ताका प्रविधिका तुलनामा ४५ प्रतिशतले तीव्र हो । यसका लागि नयाँ प्रविधिको हार्डवेयर र सफ्टवेयर दुवै पक्षमा विशेष सुधार गरिएको छ । यसका कारण तीव्र गतिमा अनलकिङ हुनुका साथै, हार्डवेयरमा आधारित एन्टी फोर्जिङ प्रविधिमार्फत थप सुरक्षा प्राप्त हुन्छ । ८ जीबी -याम र १२८जीबी रोम सुसज्जित ओप्पो एफ१५ले स्मूथ अनुभवका साथै पर्याप्त स्टोरेज उपलब्ध गराउँछ ।

भोक फ्ल्याश चार्ज ३.० सहितको ओप्पो एफ१५ले मात्र ५ मिनेटको समयमा १० प्रतिशत र ३० मिनेटमा ५० प्रतिशत चार्ज दिने क्षमता राख्छ । पछिल्लो भोक २.०का तुलनामा यो २६ प्रतिशतले तीव्र छ । शक्तिशाली सफ्टवेयर र हार्डवेयर ९०.७ प्रतिशत स्क्रिन टु बडी रेसियो तथो एफएचडी+ एमोलेड २४००×१०८० रेजोल्युसनसहितको ओप्पो एफ१५ले अल्ट्रा क्र्रिस्प गेमिङ तथा मनोरञ्जन अनुभव प्रदान गर्छ ।

फ्रेम बुस्ट र टच बुस्टसहितको ओप्पो एफ१५ले स्मुथ गेमिङ अनुभव प्रदान गर्छ । यी फिचर्सले गेम ल्याग हुनुबाट जोगाउनुका साथै टच रेस्पोन्सा सुधार ल्याएर गेमिङमा राम्रो नियन्त्रण बनाउनमा समेत सघाउँछ । यसमा रहेको गेमिङ भ्वाइस चेन्जरको सहायता खेलमा थप रमाइलो थप्ने निश्चित छ । यसमा रहेको इन गेम न्वाइज क्यान्सलिङ इफेक्टमार्फत गेमिङ साउण्डमा थप सुधार दिँदै आवाज सुन्न र पहिचान गर्नमा सघाउँदै खेलमा उत्कृष्टता ल्याउन सघाउँछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x