Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको कर्ड मेस्ट्रोटिएम रेफ्रिजेरेटर नेपालमा

सामसङको कर्ड मेस्ट्रोटिएम रेफ्रिजेरेटर नेपालमा


काठमाडौं, साउन २६
सामसङले कर्ड मेस्ट्रोटिएम रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार यस रेफ्रिजेरेटरले खानेकुरालाई सुरक्षित राख्नुका साथै खानेकुरा समेत तयार गर्दछ । यसबाट दैनिकरुपमा आफ्नो आवश्यकताअनुसार दही आफैँले घरैमा बनाउन सकिन्छ ।

विभिन्न परिकारहरुसँगै नेपालका सम्पूर्ण क्षेत्रमा दही एक विशेष परिकारका रुपमा लिइन्छ । दहीको खपत पनि नेपालमा अधिक रहेको छ । ‘कर्ड मेस्ट्रोटिएम’ सामसङको एक नयाँ प्रविधि हो । नेपालीहरुको आवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्रीवितरण गरिएको हो । कर्ड मेस्ट्रोटिएमले पाँचदेखि छ घण्टामा सहजै दही तयार गर्न सक्दछ । कम्पनीका अनुसार पाँच घण्टामा पातलो र छ घण्टामा बाक्लो दही बनाउन सकिन्छ । कर्ड मेस्ट्रोटिएमले जस्तोसुकै मौसममा पनि एकनासको दही बनाउनसक्छ ।

यो रेफ्रिजेरेटर २ सय ५३ लिटर र ३ सय १५ लिटरमा उपलब्ध रहेको छ । यो स्मार्ट कन्भर्टेबल ५ इन १ टुइन कुलिङ्ग रेफ्रिजेरेटर विभिन्न पाँच मोड– नर्मल, एक्ट्र सपिङ्ग, भ्याकेसन, सिजनल तथा होम अलोन उपलब्ध छन् । यो कन्भर्टेबल मोडेलहरुमा विद्युत् खपत पनि न्यूनतम मात्र हुन्छ । यो रेफ्रिजेरेटर नेपालभरका सामसङका आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ । यसका मोडेलहरु ६३ हजार नौ सय ९० रुपैयाँदेखि ७८ हजार नौ सय ९० रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x