Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसार्वजनिक यातायातमा विद्युतीय स्मार्ट कार्डबाट भाडा तिर्न सकिने

सार्वजनिक यातायातमा विद्युतीय स्मार्ट कार्डबाट भाडा तिर्न सकिने


काठमाडौं, भदौ १
नेपालमा सार्वजनिक विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालि र आईपे प्राइभेट लिमिटेड (इडेभा)को संयुक्त सहकार्यमा सार्वजनिक यातयातमा विद्युतीय स्मार्ट कार्डबाट भाडा तिर्न सकिने सेवा सुचारु गरिएको छ । सार्वजनिक यातायातसहित अन्य सम्पूर्ण साना तथा ठूला यातायातमा जडान गरी सञ्चालन गर्न सकिने इ–पेमेन्ट सेवा प्रयोग गर्न मिल्ने गरी विद्युतीय स्मार्टकार्ड आइतबारबाट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । उक्त कार्डमार्फत जुनसुकै प्रकारका सवारीसाधनमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने बताइएको छ ।

साधारण व्यक्ति, विद्यार्थी, अशक्त सबैले अलग–अलग प्रयोग गर्न मिल्ने यो कार्ड दुई सय र पाँच सय रुपैयाँमा खरिद गर्न सकिनेछ । पाँच सय रुपैयाँमा खरिद गरेको कार्ड भने जुनसुकै डिपार्टमेन्ट स्टोर, स्टेसनरीमा प्रयोग गर्न मिल्नेछ । यो कार्डको अवधि १ वर्ष रहने बताइएको छ । दुई सय रुपैयाँमामा खरिद गरेको कार्डले दुई सय ५० रुपैयाँको यात्रा गर्न मिल्नेछ ।

उक्त कार्डमार्फत भने अन्य सुविधा लिन मिल्नेछैन, यो यातायातको लागि मात्र काम लाग्नेछ । कम्पनीका अनुसार विद्युतीय स्मार्ट कार्डमा कुनै पनि डिजिटल पेमेन्टबाट भुक्तान गर्न सकिनेछ । यो कार्ड छिटै जडान गरेको यातायात, स्टेसनरी, डिपार्टमेन्ट स्टोर र इ–सेवाबाट अनलाइन खरिद गर्न मिल्ने कम्पनीले जनाएको छ । साथै नेपाल सरकारले ल्याउन लागेको डिजिटल प्रणालीमा कम्पाक्टिबल हुने गरी बजारमा आएको कम्पनीको भनाइ छ । यो इ–पेमेन्ट सेवा देशव्यापी रुपमा सञ्चालनमा ल्याउने पनि कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x