बिगमार्टमा इ–सेवा तथा फोनपेमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट
काठमाडौं, भदौ २
बिगमार्टमा सपिङ गर्दा इ–सेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इ–सेवाको सहकार्यमा सुरू भएको यो योजना भदौ ३१ गतेसम्म लागू हुने बताइएको छ । यो योजना बिगमार्टका ५० वटै स्टोरमा लागू हुनेछ । योजनाअनुसार बिहान र बेलुका फलफूल तथा तरकारी खरिद गर्दा इ–सेवा तथा फोनपेबाट (मोबाइल बैंकिङ) क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइनेछ भने दिउँसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइनेछ । यस्तो छुट अधिकतम ३ सय रुपैयाँसम्म पाइनेछ ।
कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला इ–सेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना सुरू गरेका हुन् ।
इ–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजलगायतको शुल्क भुक्तानी गर्न सकिन्छ । इ–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
सन् २००९ जुलाईमा काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरबाट बिगमार्टको सुरू भएको थियो । हाल बिगमार्टका मुलुकभर ५० वटा स्टोर्स रहेका छन् । बिगमार्टले हरेक महिना थुप्रै घरायसी सरसामानमा नयाँ–नयाँ अफर ल्याउँदै आएको छ । बिगमार्टले एउटै छानामुनि उपभोक्तालाई सबैखाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
- जिल्लामै उत्पादित विद्युत् वितरण सुरु
- कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु
- थप १३ दिन लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति
- उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव
- ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा व्यापक वृद्धि
- पाकिस्तान रेलवे स्टेसनमा विस्फोट हुँदा २५ जनाको मृत्यु
- युरोपले रक्षा खर्च बढायो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया