Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअपाचे आरटीआर२०० फोरभीको नयाँ संस्करण नेपालमा सार्वजनिक

अपाचे आरटीआर२०० फोरभीको नयाँ संस्करण नेपालमा सार्वजनिक


काठमाडौं, भदौ ३
टीभीएस मोटर कम्पनीले नयाँ स्टाइल, अत्याधुनिक सुविधाहरु र गज्जबको रेसिङ्ग क्षमता भएको अपाचे आरटीआर २०० ४ भीको नयाँ २०२० संस्करण नेपालमा सार्वजनिक गरेको छ । नेपालमा टीभीएस मोटर कम्पनीद्वारा उत्पादन गरिएका सम्पूर्ण सामग्रीहरु, कम्पनीको नेपालस्थित आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले भित्र्याउने गरेको छ । स्मार्ट सुविधाहरु भएकाले र साथै तत्कालीन अवस्थालाई मध्यनजर राख्दै यो मोटरसाइकल विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।

लाइभ स्मार्ट लन्च कार्यक्रम, जगदम्बा मोटर्सको आधिकारिक युट्युब च्यानल, फेसबुक र इन्स्टाग्राम पेजसँगै लगभग एक सयभन्दा बढी अन्य लोकप्रिय युट्युब च्यानल र फेसबुक र इन्स्टाग्राम पेजमार्फत पनि प्रत्यक्ष प्रसारण जाने गरी गरिएको थियो । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नयाँ स्मार्ट अपाचे आरटीआर २०० फोरभी एबीएस विथ स्मार्ट कनेक्ट अनावरण गरेका थिए । यसैगरी उक्त कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन विभिन्न कलाकारहरु स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राईले आफ्ना गीतहरुका साथ रमाइलो प्रस्तुति दिएका थिए । कार्यक्रममा कलाकार वर्षा राउत तथा राइड्रर सागरको पनि उपस्थिति थियो ।

कम्पनीका अनुसार टीभीएस अपाचे आरटीआर २०० फोरभीको यो नयाँ मोडल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त रहेको छ । यस मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्टजस्ता आधुनिक सेवा जडान गरिएका छन् । यसले बाटोमा यात्रा गर्दा अरु मोटरसाइकलभन्दा अतिरिक्त फाइदा दिनेछ । साथै मोटरसाइकलमा एबीएस विथ आईएलपी (रियर ह्विल लिफ्ट–अफ् प्रोटेक्सन), फेदर टच स्टार्ट, रेडिएल टायर, एलईडी हेडलाइट, नयाँ रेसिङ ग्राफिक्स र उन्नत स्लिपर क्लचजस्ता सुविधा समेत छन् ।

यो अपाचे आरटीआर २०० फोरभीको नयाँ २०२० संस्करणमा १९७.७५ सीसी एकल सिलिण्डर, ४–स्ट्रोक, ४–भल्भ, ओएल कुल्ड इन्जिन मोटर छ । यसले आठ हजार पाँच सय आरपीएममा २०.५ पीएस र सात हजार आरपीएममा १८.१ एनएम पावर उत्पादन गर्दछ । यो मोटरसाइकल साइनिङ कालो र पर्ल सेतो दुई वटा रङ्गमा नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x