Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको ह्याप्पी लर्निङ प्याक

टेलिकमको ह्याप्पी लर्निङ प्याक


काठमाडौं, भदौ ४
नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन (कुशेऔंसी)को अवसर पारेर पठनपाठनमा उपयोगी हुने ह्याप्पी लर्निङ प्याक बुधबारबाट कार्यान्वयनमा ल्याएको छ । निकै सस्तो मूल्यमा उपलब्ध हुने सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सो प्याकेजअन्तर्गत तीन सय १५ रुपैयाँमा २४ जीबी र पाँच सय रुपैयाँमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिनेछ ।

यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटामाथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिनेछ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुने कम्पनीले जनाएको छ । प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना (ईडीयूप्याक एट एनटीसी डट नेट डट एनपी) मा पठाउनुपर्नेछ ।

सिफारिस प्राप्त भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सूचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट स्टार १४४१ ह्याक्स डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिनेछ । ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिनेछ ।

यो प्याकेज आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । विद्यार्थी अफरअन्तर्गत स्टार १६००ह्याक्स डायल गरी सिम रजिष्ट्रेसन गरेका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट स्टार१४४१ ह्याक्स डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सक्नेछन् । नेपाल टेलिकमले उपलब्ध गराएका यी प्याकेजहरुबाट कोभिड १९ महामारीको असहज परिस्थितिमा पनि अनलाइनबाट पठनपाठन गर्न/गराउन विद्यार्थी, अभिभावक तथा शिक्षक वर्गलाई थप सहज र मितव्ययी हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x