ओप्पोलाई ईआईएसए एड्भान्स्ड स्मार्टफोन २०२०–२०२१ एवार्ड प्रदान
काठमाडौं, भदौ ८
यूरोपियन इमेज एण्ड साउन्ड एसोसिएसन (ईआईएसए)ले ओप्पो फाइन्ड एक्सटू प्रोलाई ‘ईआईएसए एडभान्स्ड स्मार्टफोन २०२०–२०२१’ उपाधि प्रदान गरेको छ । ईआईएसए विश्वका सर्वाधिक सम्मानित ६१ कञ्जुमर इलेक्ट्रोनिक्स म्यागेजिनहरू समाविस्त एक समूह हो ।
‘ओप्पोको अत्याधुनिक प्रविधिहरू सुसज्जित फाइन्ड एक्सटू प्रोमा अत्याकर्षक डिजाइनको प्रयोग गरिएको छ, टाक्टाइल भेगन लेदर फिनिससहितको डिजाइन अझ विशेष छ । यसले प्रयोगकर्तालाई तिनका दैनिकीमा विशिष्ट अनुभव प्रदान गर्छ । प्रिमियम प्रतिस्पर्धाभन्दा धेरै माथि यो ओप्पोको हालसम्मकै सर्वोत्कृष्ट स्मार्टफोन हो’, ईआईएसएले उल्लेख गरेको छ ।
‘ईआईएसएद्वारा पहिलो पटक ओप्पो फाइन्ड एक्सटू प्रोका लागि यो एवार्ड पाउँदा हामी निकै गौरवान्वित छौँ । हाम्रा प्रयोगकर्तालाई समग्र फाइभजी अनुभव प्रदान गर्ने लक्ष्यका साथ हामी आफ्ना उत्पादनमा स्क्रिन, फोटोग्राफी, चार्जिङ, ब्याट्री लाइफ र डिजाइनलगायत हरेक पक्षमा निरन्तर नवप्रवर्तन पस्कने प्रयासमा छौँ । स्पष्ट, सहज र व्यावसायिक ओप्पो फाइन्ड एक्सटू सिरिजले स्मार्टफोन उद्योगकै क्षेत्रमा नयाँ मानक प्रस्तुत गरेको छ । यसले मोबाइल अन्तरक्रिया, डिस्प्ले अनुभवलगायतलाई फाइभजी यूगका लागि नयाँ प्रस्तुति पस्केको छ’, ओप्पो वेस्टर्न यूरोपका अध्यक्ष म्यागी छ्यूले भने ।
ओप्पो फाइन्ड एक्सटू प्रोमा बजारकै सर्वोत्कृष्ट गुणस्तरको १२० एचजेड रिफ्रेस रेटसहितको क्यूएचडी प्लस एमोलेड स्क्रिन जडान गरिएको छ । यसमा अत्याधुनिक फोटोग्राफी अनुभव प्रदान गर्ने सोचका साथ अल्ट्रा भिजन क्यामेरा प्रणालीपनि उपलब्ध गरिएको छ । यसमा सुसज्जित फ्ल्यागशीप क्वालकम(आर) स्न्यापड्रागन(टीएम) ९६५ मोबाइल प्ल्याटफर्म र क्वालकम(आर) स्न्यापड्रागन(टीएम) एक्स ५५ फाइभजी मोडेम(आरएफ प्रणालीका साथमा ६५ वाट सुपरभोक २.० फ्ल्यास चार्ज (ओप्पोद्वारा डिजाइन तथा विकास गरिएको)ले प्रयोगकर्तालाई नौलो तथा उत्साहजनक अनुभव प्रदान गर्छ ।
ईआईएसए मल्टिमिडिया प्रविधिका विशेषज्ञहरूको विश्वकै बृहत् स्वतन्त्र सहकार्य हो । यसले कञ्जुमर इलेक्ट्रोनिक्स बजारका क्षेत्रमा पृथक वैश्विक दृष्टिकोण प्रस्तुत गर्छ ।विगत ४० वर्षदेखि ईआईएसए अवार्डले कञ्जुमर टेक्नोलोजी खरिदका लागि उपभोक्तालाई विशिष्ट स्वतन्त्र सिफारिस प्रदान गर्दै आइरहेको छ । २९ देशका फोटोग्राफी, होम थिएटर भिडियो, होम थिएटर अडियो, हाईफाई, ईन(कार र मोबाइल इलेक्टोनिक्स म्यागेजिन र वेबसाइटको प्रतिनिधित्व गर्ने ६१ जना विशेषज्ञको टोलीले ईआईएसए अवार्डका लागि विजेताको छनोट गर्ने गर्छन् । यसमा सम्मिलित विशेषज्ञ टोलीले स्वतन्त्र रूपमा काम गरे पनि ईआईएसएको छत्रअन्तर्गत सहकार्य गर्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
- लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया