Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्वान्टम ह्याक अन्तर्राष्ट्रिय ह्याकाथोन कार्यक्रम सञ्चालन

क्वान्टम ह्याक अन्तर्राष्ट्रिय ह्याकाथोन कार्यक्रम सञ्चालन


काठमाडौं, भदौ १६
भारतको डेभ्फोलियोको सहयोगमा पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाले क्वान्टम ह्याक अन्तर्राष्टिय ह्याकाथोन कार्यक्रम सञ्चालन गरेको छ । नेपालको कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधिका विद्यार्थीहरुमा प्रतिस्पर्धा गराई उनीहरुको प्रतिभा उजागर गर्न सघाउ पु-याउने उद्देश्यले भदौ शुक्रबारदेखि आइतबारसम्म नेपालमा क्वान्टम ह्याक अन्तर्राष्ट्रिय ह्याकाथोन कार्यक्रम आयोजना गरेको हो ।

वेबिनारमार्फत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका सबै विभागको सहभागितामा सो कार्यक्रम आयोजना गरिएको हो । प्रकोप व्यवस्थापन, सबैका लागि आधुनिक वित्तीय व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा सहरी जनसंख्या व्यवस्थापन, वातावरणलगायत स्वतन्त्र विचार शीर्षकजस्ता विभिन्न छवटा विधामा प्रविधिको प्रयोग तथा त्यसको माध्यमद्वारा समस्याको समाधान पत्ता लगाउने प्रयास गरिएको सो कार्यक्रममा ७० भन्दा बढी समूहका दुई सय ५० जनाले विभिन्न प्रतियोगितात्मक परियोजना तथा अवधारणा प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा विश्व प्रसिद्ध एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए भने आईबीएमका वरिष्ठ प्रोग्रामर तथा इन्जिनियर जो सेपी तथा डेभ्फोलियोका कम्युनिटी लिड व्यवस्थापक डेनभर डि सुजाले मुख्यवक्ताको रुपमा सम्बोधन गरेका थिए । परियोजना प्रतियोगितामा विभिन्न छवटा टिम पुरस्कृत भएका थिए । लगातार ३६ घण्टासम्म चलेको उक्त कार्यक्रममा ह्याकाथोनका अतिरिक्त गोष्ठी, कार्यशालालगायत स्वदेशी तथा विदेशी सेलिब्रेटीहरुले गायन, नृत्य एवं अन्य कार्यक्रम प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x