Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवान प्लसमा दुई नयाँ मोडलका मोबाइल रिचार्जर एपमा सार्वजनिक

वान प्लसमा दुई नयाँ मोडलका मोबाइल रिचार्जर एपमा सार्वजनिक


काठमाडौं, भदौ २१
मोबाइल एप रिचार्जरले चर्चित ब्राण्ड वान प्लसका पछिल्लो संस्करणका मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ पुस्तामा लोकप्रिय मानिएका वान प्लस ब्राण्डका पछिल्ला संस्करण वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल नेपालमा बिक्री गर्न रिचार्जरले वान प्लस मोबाइलको आधिकारिक बिक्रेता आई हब प्रालिसँग सम्झौता गरेको थियो ।

भदौ ११ गतेदेखि जारी मेगा ग्याजेट्स सेल मेलाको अवधि एक साता थप गर्दै रिचार्जरले एनआईसी एसिया बैंकसँगको सहकार्यमा वान प्लसका मोबाइलमा छुट अफर ल्याएको हो । अफरअन्तर्गत एनआईसी एसिया बैंकका खातावाहकले वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल किन्दा तीन हजार रुपैंया नगद फिर्ता पाउनेछन् ।

एनआईसी एसिया बैंकको इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्डबाट वान प्लस मोबाइलको महसुल भुक्तान गर्नेहरुले तत्काल तीन हजार रुपैयाँ नगद फिर्ता पाउनेछन् । त्यसैगरी रिचार्जरले वान प्लसका मोबाइल खरिद गर्ने सबैलाई दुई हजार रुपैयाँबराबरको कोभिड प्रोटेक्टिभ गिफ्टह्याम्पर उपलब्ध गराउने जनाएको छ ।

विश्व बजारमा नयाँ पुस्तामा वान प्लसका मोबाइलहरु लोकप्रिय मानिन्छ । १२ जीबी -याम र २५६ जीबी रोम भएको वान प्लस ८ को बजार मूल्य ९३ हजार रुपैयाँ रहेको छ भने १२ जीबी -याम र २५६ जीबी रोमयुक्त वान प्लस ८ प्रोको बजार मूल्य एक लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

मेगा सेल मेला भदौै २६ गतेसम्म रिचार्जर एपमा सञ्चालन हुनेछ । सेल मेलाको आकर्षणका रुपमा एमएचआई ब्राण्डको उच्च गुणस्तरको केएन ९५ बेबी मास्क रहेको छ । हरेक मोबाइल र इलेक्ट्रोनिक्सको खरिदमा रिचार्जरले एक हजारदेखि पाँच हजार रुपैयाँसम्मको गिफ्ट ह्याम्पर उपलब्ध गराउनेछ ।

कोभिडको सुरक्षा सामग्री सस्तो मूल्यमा बिक्री गर्दै आएको रिचार्जरले सेल मेलामा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउनेछ । एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकका क्रेडिट कार्ड भएका ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् ।

लकडाउनका बेला सेवाग्राहीलाई छुटसहितको अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा रिचार्जरले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउनेछ । ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरका अनुसार नाफा कमाउने उद्देश्यले नभई असहज परिस्थितिमा सहज किसिमले आर्थिक व्यवस्थापन गराउँदै सेवाग्राहीलाई घरमै सामान उपलब्ध गराउन लागिएको हो ।

ब्रान्डेड सामग्रीहरूको मेगा सेल ग्याजेट्स मेला अवधिमा दैनिक रुपमा सञ्चालन हुने ह्याप्पी आवरमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा सामान गरिद गर्न सक्नेछन् । कोभिड सुरक्षा उपहरण, विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिजजस्ता उपकरणका साथै जुत्ता, कपडा, झोला, पफ्र्युमलगायतका सामान ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिनेछ ।

सेलमा ‘बाई वान गेट वान फ्रि’को अफर समेत सञ्चालन हुनेछ । कुनै पनि किसिमको ग्याजेट्स तथा कोभिड प्रोटेक्टिभ प्रोडक्ट खरिद गर्दा मास्क र स्यानिटाइजर अनिवार्य रुपमा निःशुल्क उपलब्ध हुनेछ । सेल अवधिमा सामान किन्नेहरु मध्येबाट एक जनालाई रिचार्जरले आईफोन ११ उपहारस्वरुप वितरण गर्नेछ ।

गुगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी अकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट प्राप्त हुनेछ । रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x