उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाउन सरकारसँग नाडाको आग्रह
काठमाडौं, भदौ २३
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । नाडाले सोमबार एक विज्ञप्ति जारी गरी सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायहरुलाई कडाइको साथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने बताएको हो ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लामो समयको लकडाउन र भदौ ४ गतेदेखि लागू हुने गरी राजधानीलगायत देशका विभिन्न भागहरुमा जारी गरेको निषेधाज्ञाले अर्थतन्त्र धराशायी बन्नुका साथै बेरोजगारीको भयावह समस्या उत्पन्न भएको नाडाले बताएको छ ।
जनता स्वयं नै आफ्नो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रबल हुँदै गएको भन्दै नाडाले यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल जारी निषेधाज्ञाबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ ।
कोरोना संक्रमणका विषयमा विश्वमा आवश्यक अध्ययन र अनुसन्धान भइरहेको तर सत्य तथ्य यही नै हो भन्ने निश्चित अवस्था नभएको सन्दर्भमा विभिन्न मुलुकहरुले आ–आफ्नै ढंगबाट कोरोना संक्रमण रोकथामका लागि विभिन्न प्रक्रियाहरुको अवलम्बन गरिरहेको तथा दक्षिणपूर्वी एसियाका केही देशहरुले लकडाउन नै नगरी संक्रमण रोकथामका उपायहरुको अवलम्बन गरिरहेको पनि देखिएको नाडाको भनाइ छ ।
उच्च गतिमा संक्रमण बढिरहेको भनिएको अमेरिकाजस्तो मुलुकहरुमा पनि लकडाउन नगरिएको सन्दर्भमा लकडाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्ने आधार नभएको नाडाले जनाएको छ । लकडाउनका कारण अटोमोबाइल व्यवसायीहरु पनि ठूलो मारमा परेको र उनीहरुलाई आफ्नो उद्योग व्यवसायबाट नै वञ्चित हुनुपर्ने दारुण अवस्था सिर्जना भएको नाडाको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया