Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडीएफएसकेले ल्यायो नयाँ ग्लोरी ५६० एसयूभी

डीएफएसकेले ल्यायो नयाँ ग्लोरी ५६० एसयूभी


काठमाडौं भदौ २५
कुजु नेपालले इन्डोनेसियामा उत्पादन हुँदै आएका डीएफएसके ब्राण्डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक वर्ष पूरा भएको छ । कम्पनीले यसअघि डीएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएकोमा अब भने ग्लोरी ५६० को पनि बिक्री सुरु गर्न लागेको हो ।

कम्पनीका अनुसार कोभिड १९ को कारण केही ढिला बिक्री सुरु हुनलागेको ग्लोरी ५६० नयाँ वर्षको अवसरमा बिक्री सुरु गर्ने लक्ष्य रहेको थियो । नेपाल आएको पहिलो वर्ष नै गाडीको मूल्य, मूल्यअनुसारको फिचर र एसयूभी प्रेमी ग्राहकको मन जित्न सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्लोरी ५६० को लम्बाइ ४५१५ एमएम, चौडाइ १८१५ एमएम र उचाइ १७३५ एमएम रहेको छ । यसमा २६९० एमएमको ह्विलबेस छ । गाडीको कुल तौल भने २ हजार किलो रहेको छ । ग्लोरी ५६० मा युरो–५ मापदण्डको इन्जिन दिइएको छ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पिड म्यानुयल गियरबक्स दिइएको छ । साथै, ५० लिटरको इन्धन ट्यांक उपलब्ध रहेको छ ।

कम्पनीका अनुसार ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको एसयूभी हो । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । १७ इन्चको अलोय ह्विल, एयरब्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोबिलाइजर, अलार्म सिस्टम, स्पिड सेन्सिङ अटो लक, क्र्यास अटो अनलकजस्ता फिचर यसमा पाउन सकिन्छ ।

ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको कम्पनीले जनाएको छ । रिभाइज क्यामेरा, पुस स्टार्ट/स्टप बटम, किलेस इन्ट्रिजस्ता विशेषता यसमा पाउन सकिनेछ ।

कम्पनीले यसमा तीन वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यहीबराबरको वारेन्टी प्रदान गर्नेछ । यसलाई प्रतिस्पर्धी मूल्य बनाउने कम्पनीको योजनाअनुसार यसको मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकेर यसको बिक्रीवितरण सुरु गरेको जनाएको छ । कम्पनीले अझै नयाँ नयाँ मोडलका एसयूभी नेपाल ल्याउने जनाएको छ ।

नेपालमा उच्च प्रतिस्पर्धाको बाबजुद पनि कम्पनीले डीएफएसकेका उत्पादनलाई ग्राहकसम्म पु-याउन सकेको र भोलिका दिनमा अझ राम्रा राम्रा मोडल ल्याउँदै अगाडी बढ्ने हौसला प्रदान गरेको कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x