Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको रेडमी ९सी, मी स्मार्टब्यान्ड ५ र सोनिकबेस वायरलेस इयरफोन नेपालमा सार्वजनिक

शाओमीको रेडमी ९सी, मी स्मार्टब्यान्ड ५ र सोनिकबेस वायरलेस इयरफोन नेपालमा सार्वजनिक


काठमाडौं, भदौ २६
शाओमीले रेडमी ९सी, मी स्मार्टब्यान्ड ५ र सोनिकबेस वायरलेस इयरफोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले रेडमी ९सीका साथ नेपालको बजेट लाइन—अपमा नयाँ उपकरण थपेको घोषणा गरेको हो । ब्राण्डले नेपालमा मी स्मार्टब्यान्ड ५ सार्वजनिक गर्दै पहिलोपटक वेयरेबल श्रेणीमा प्रवेश गरेको जनाएको छ । यस्तै कम्पनीले अडियो श्रेणीमा पनि नयाँ उत्पादन—रेडमी सोनिकबेस वायरलेस इयरफोनको घोषणा गरेको छ ।

कम्पनीका अनुसार रेडमी ९सी स्मार्टफोनमा ट्रीपल क्यामेरा च्यामपियनका साथ विशाल डिस्प्ले रहेको छ । यो नयाँ इन्ट्री लेबलको स्मार्टफोन इमर्सिभ भ्युइङ अनुभवका लागि ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५ हजार एमएएच उच्च क्षमताको ब्याट्रीद्वारा सुसज्जित छ, जसले प्रयोगकर्तालाई अधिक सन्तुष्टि प्रदान गर्दछ । रेडमी ९सी मा मिडियाटेक हेलियो जी३५, अक्टा कोर गेमिङ चिपसेटको विशेषता छ जुन २.३ जीएचजेड सम्म जान्छ । रेडमी ९ सीमा एआई ट्रीपल क्यामेरा छ जसले विभिन्न अवस्थामा पनि स्पष्ट तस्बिरहरु खिच्छ । यसमा १३ एमपी मुख्य क्यामेरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश छ ।

एआई सेल्फी क्यामेरा ५ एमपी सेन्सरद्वारा सञ्चालित रहेको कम्पनीले जनाएको छ । फोनको पछाडि एक टेक्सचर डिजाइन छ जसले औंलाको छापहरु बस्न दिदैँन ताकी उपकरणले सबै समय आफ्नो यथावत् रुप कायम गर्न सक्छ । एआई फेश अनलकले तपाईंको उपकरण अनधिकृत पहुँचबाट सुरक्षित रहेको सुनिश्चित गर्दछ । यस सिरिजका पूर्ववर्तीहरु जस्तै रेडमी ९सीले डुअल ४जी स्ट्यान्डबाई सीम कार्ड र समर्पित माईक्रोएसडी कार्ड स्ल्ट सर्पोट गर्दछ जुन ३.५ एमएम हेडफोन ज्याकका साथ आउँदछ । अन्य रेडमी उपकरणहरु जस्तै, रेडमी ९सी ले पनि उच्च स्तरको गुणस्तर समर्थन गर्दछ ।

यसैगरि कम्पनीको मी स्मार्टब्यान्ड ५ मा ठुलो १.१ इन्च कलर एमोलेड डिस्प्ले छ, जसको स्क्रिन पूर्ववर्तीभन्दा २० प्रतिशत ठुलो हो । प्रयोगकर्ताहरुले ६५ भन्दा बढि विभिन्न डिस्प्ले र ६ स्लिक ब्यान्ड कलर चयन गरेर आफ्नो अद्भुत स्टाइल व्यक्त गर्न सक्नेछन् । भाइब्रेन्ट डिस्प्ले र स्पोर्टी डिजाइनका साथ मी स्मार्टब्यान्ड ५ ले फिटनेशलाई फेशनेबल बनाएको कम्पनीले जनाएको छ । ५ एटीएम वाटर—रेसिस्टान्ट—प्रमाणीकरणका साथ उपकरणलाई प्रयोगकताले पानी भित्र वा बाहिर—पुलदेखि ट्रयाक वा पानीको तरंगदेखि शावरसम्म सँगै लग्न सक्छन् । ११ वटा व्यायाम मोडहरु सहित—इन्डोर साइकलिङ, इलिप्टिकल, योग, रोइंग मेसिन र जम्प रोपसहित मी स्मार्टब्यान्ड ५ ले जसरी कसरत गरेपनि वर्कआउट प्रगतिको विवरण कैद गर्छ ।

फिटनेसबाहेक मी स्मार्टब्यान्ड ५ को पीपीजी हार्ट रेट सेन्सर अब ५० प्रतिशत एकुरेट छ, जसले सधैँ आफ्नो निन्द्राको स्थिति, तनाव स्तर वा मासिक चक्रमा अधिक सूचक डाटाको साथ आफ्नो हृदय स्वास्थ्यबारे सचेत रहन सकिनेछ । यसका साथै, यस उपकरणले स्वास्थ्य लेबल सहजै बुझ्नका लागि व्यक्तिगत गतिविधि इन्टिलिजेन्सका सबै म्याट्रिक्स र आउटपुट संकलन गर्दछ । ठूलो स्क्रिन र थपिएका नयाँ विशेषताहरुलाई सञ्चालन गर्न मी स्मार्टब्यान्डको ब्याट्रीले निरन्तर १४ दिनसम्मको प्रयोगको समर्थन गर्दछ र चार्ज गर्ने समयमा, ट्रयाकरलाई ब्यान्डबाट हटाउन आवश्यक पर्दैन ।

कम्पनीको रेडमी सोनिकबेस वायरलेस इयरफोनमा ह्यासल प्रि अनुभवका लागि स्लिक, मिनिलास्टिक र म्याट फिनिश डिजाइनका साथ म्यागनेटिक इयरबड छ । यो हलुका तौलको छ । साथै घाटिमा आरामदायी तरिकाले राख्न मिल्ने गरि डिजाइन गरिएको छ । यी इयरफोनहरु भारी बेस टोनका इमर्सिभ म्युजिक सुन्नका लागि कस्टम ट्यून गरिएको छ, भ्वइस कलहरुको उच्च टोन कायम राख्दै यस प्रकारको एक प्रभावशाली समग्र ध्वनीको सन्तुलन प्रदान गर्दछ ।

रेडमी सोनिकबेस वायरलेस इयरफोनका साथ पार्टी कहिले रोकिदैन जसले १२ घण्टा निर्बाध म्युजिक प्लेब्याक प्रदान गर्दछ । बहुपरिदृश्यहरुमा वृद्धि हुने उपयोगिताका लागि यो आइपीएक्स ४ रेटिङका साथ आउँछ । कम्पनीका अनुसार डुअल पेयरिङ टेक्नोलोजी रेडमी सोनिकबेस वायरलेस इयरफोनको स्ट्यान्डआउट विशेषता हो, जसले नेकब्यान्डलाई एकैपटक दुईवटा उपकरणहरुसँग जडान गर्दै स्वचालित रुपमा दुवैबीच स्विचिङको विकल्पसाथ दुवैमा सक्रिय रहन अनुमति दिन्छ । यो इयरफोनहरुमा उच्च स्पिड र स्थिर कनेक्टिभिटीका लागि ब्लुटुथ ५.० सक्षम छ जसले गुगल एसिस्टेन्ट र सिरि सपोर्ट गर्दछ ।

कम्पनीका अनुसार रेडमी ९ सी स्मार्टफोन तीन कलर सनराइज ओरेन्ज, ट्वीलाइट ब्लु र मिडनाइट ग्रेमा उपलब्ध हुने छ । २ जीबी -याम र ३२ जीबी स्टोरेज क्षमता भएको स्मार्टफोनको मुल्य १२ हजार ९ सय ९९ रुपैयाँ र ३ जीबी -याम ६४जीबी स्टोरेज क्षमता भएको स्मार्टफोनको मूल्य १४ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

यसैगरि मी स्मार्ट ब्यान्ड ५ को मुल्य चार हजार चार सय ९९ रुपैयाँ तोकिएको छ भने रेडमी सोनिकबेस वायरले इयरफोन दुई हजार ९९ रुपैयाँमा उपलब्ध हुनेछ । यी सबै उत्पादनहरु आधिकारिक मी स्टोर, अनलाइन पार्टनर र रिटेल पार्टनरहरुमा बिहीबारदेखि उपलब्ध भएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x