Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुण्डाई औरा नेपालमा सार्वजनिक

हुण्डाई औरा नेपालमा सार्वजनिक


काठमाडौं, भदौ २६
नेपालको लागि हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुण्डाई औरा नेपालमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस नयाँ स्टाइलिस सेडान आफ्नो सेगमेन्टमा सबैभन्दा शक्तिशाली र सुविधायुक्त ट्रेन्डसेटरको रूपमा स्थापित हुन तयार रहेको छ ।

नयाँ हुण्डाई औराको अनावरण कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्धनिर्देशक रूपेश शर्मा भट्टले सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय रहेको र यही समयमा बजारलाई एक स्टाइलिस, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाईको लागि अटोमोबाइल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुने बताए ।

यस ब्रान्डले ग्राहकहरुबाट उल्लेखनीय प्रशंसा पाउन सक्षम भएको उनको दाबी थियो । हुण्डाई औराले पनि यस लिगेसीलाई जारी राख्ने उनले बताए । उनका अनुसार हुण्डाई औरा एक आकर्षक सेडानको निम्ति विकसित गरिएको हो, जुन हृदयबाट जवान रहेका ग्राहकहरुको लागि लक्षित गरी बनाइएको छ । यस गाडीको डिजाइन एक उत्कृष्ट नमूनामा बनेको छ ।

कम्पनीका अनुसार आधुनिक र प्रभावशाली डिजाइनको साथै हुण्डाईको उत्कृष्ट डिजाइन भाषा ’सेन्सियस स्पोर्टनेस’मा बनेको छ । यस गाडीको अघिल्लो भागमा रहेका बत्तीहरुले दिउँसोमा पनि प्रकाश दिइरहेको हुनेछ । साइड प्रोफाइलले यसको कोपजस्तो स्टाइल र विलासी भोल्युमद्वारा युनिक स्पोर्टीनेस दर्शाएको छ । औराको विशिष्ट रियर डिजाइनमा चौडा स्ट्यान्स, मजबुत स्पोर्टी बम्पर डिजाइन र स्टाइलिस जेड आकारको एलईडी टेल ल्याम्प रहेको छ । यसको ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निश र ग्लोसी कालो -यापले यसलाई आफ्नो सेग्मेन्टको सबैभन्दा स्टाइलिस सेडान बनाएको कम्पनीले जनाएको छ ।

औराको उत्कृष्ट ड्राइभिङ परफरमेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा आधुनिक प्रविधियुक्त इन्जिनहरुको जडान गरिएको छ । हुण्डाईले आजको बजारको आवश्यकतालाई अनुकूल गर्दै विभिन्न उत्पादनहरु प्रदान गर्दै आएको छ, जुन हुण्डाई औराको आराम्दायी सुविधामा देख्न सकिन्छ । यो वास्तवमै स्टाइल, अनुपात, वास्तुकला र टेक्नोलोजीको सबैभन्दा उत्तम मिश्रण बनेको कम्पनीको भनाइ छ ।

यसका साथै यो एकीकृत रुपमा बलियो शरीर संरचनामा निर्मित रहेको ६५ प्रतिशत उन्नत उच्च शक्ति स्टील एप्लिकेसन भएको गाडी हो जसले उच्च शक्तिसँग हल्का शरीरको वजन सुनिश्चित गर्दछ । यसको संरचना उन्नत रिंग स्ट्रक्चर एप्लिकेसनका साथ सुसज्जित छ । यसले उत्कृष्ट सुरक्षाको लागि स्थिरताका साथै गतिशीलतालाई अनुमति दिन्छ, तनावमुक्त ड्राइभिङ र उत्तम क्र्यास ऊर्जा शोषणको लागि उत्तम सक्रिय र निष्क्रिय सुरक्षा प्रदान गर्न उन्नत सुरक्षा प्रणालीको साथ लो एनभीएच र सुपेरियर ह्याण्डलिङ प्रदान गर्दछ ।

कम्पनीका अनुसार हुण्डाई औरा ‘एस’ भेरियन्टको १.२ कप्पा डुअल भिटिभिटी पेट्रोल इन्जिनको एक हजार एक सय ९७ सीसीमा मात्र उपलब्ध हुनेछ । यस गाडी विभिन्न चार कलरहरुमा उपलब्ध छ जसको सुरुवाती मूल्य ३३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । नेपाली ग्राहकको लागि हुण्डाई सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको कम्पनीको दाबी छ । हुण्डाईले सदैव आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभव प्रदान गर्दै आइरहेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x