Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकेटीएमले बीएस–६ मोडल २०२० नयाँ रेन्ज लन्च गर्ने

केटीएमले बीएस–६ मोडल २०२० नयाँ रेन्ज लन्च गर्ने


काठमाडौं, भदौ ३०
चर्चित मोटरसाइकल ब्राण्ड केटीएमले बीएस–६ को एकदमै नयाँ मोडल २०२० रेन्ज लन्च गर्ने घोषणा गरेको छ । कम्पनीले नेपालमा सार्वजनिक गरेको २०२० केटीएम २०० ड्युकलाई पूरै तवरले अपग्रेड गरिएको छ, जुन शानदार १२९० सुपर ड्युक—आरबाट प्रेरित छ । यस बाइकको एकदमै नयाँ अनि ज्यादै हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्पका साथ अपग्रेड गरिएको छ तथा यसको पूरै बनावटलाई नयाँ रुप दिएको छ । यो बाइक डुअल–च्यानल एबीएस र एलईडी डीआरएलएसजस्तो एकदम नयाँ सुविधाहरुले भरिपूर्ण रहेको कम्पनीको भनाइ छ ।

यी नयाँ सुविधाहरुको साथै यस बाइकमा अल्ट्रा कम्प्याक्ट, लिक्विड–कुल्ड, डीओएचसी, ४–भल्भ इन्जिन, अत्याधुनिक इन्जेक्सन इलेक्ट्रोनिक्स, उन्नत वासपी सस्पेन्सन तथा आकर्षक देखिने स्विंगआर्म जस्तै उच्च प्राविधिक क्षमता भएको कम्पनेन्ट छ, जसले बाइक चलाउने बेला ज्यादै आनन्द तथा तीव्र गतिले मोडिने क्षमता प्रदान गर्छ । यसमा अर्को प्रमुख सुधार भनेको फ्यूल क्षमताको १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको छ । जसबाट चालकले ३० प्रतिशत अतिरिक्त दूरीसम्मको आनन्द लिन सक्छन् ।

केटीएम २०० ड्यूक यस श्रेणीमा सबैभन्दा ज्यादा अर्थात् २५ पीएसको पावरले भरिपूर्ण छ तथा आउटगोइङ्ग मोडलको रुपमा १९.३ एनएम टर्क उत्पन्न गर्न सक्छ । डुअल–च्यानल एबीएसको साथ बिल्कुलै नयाँ २०२० केटीएम २०० ड्यूक २ नयाँ रङ्गको विकल्प ः इलेक्ट्रोनिक अरेन्ज र सिरेमिक व्हाइटमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको मूल्य पाँच लाख ३९ हजार नौ सयको प्रारम्भिक मूल्यमा उपलब्ध छ ।

यसैगरी कम्पनीको कर्नर रकेटको नामले लोकप्रिय २०२० केटीएम ३९० ड्यूक बाइक पावर र तौलको तुलनामा निकै हलुका, ज्यादै शक्तिशाली अनि अत्याधुनिक प्राविधिकले सुसज्जित छ । यसमा पहिलेदेखि नै राइड–बाय–वायर, स्लिपर क्लच, सुपरमोटोको साथ डुअल–च्यानल एबीएस, टीएफटी डिस्प्ले र एलईडी हेडल्याम्पजस्ता प्रिमियम सुविधाहरुको साथ उपलब्ध छ । यो मेसिनमा यस श्रेणीको सबैभन्दा धेरै अर्थात् ४३.५ पीएसको पावर छ र यसले ३७ एनएम टर्क उत्पन्न गर्दछ । यसबाहेक २०२० केटीएम ३९० ड्यूक अब क्विकसिफ्टर प्लसको साथमा उपलब्ध हुनेछ, जसको प्रयोग अहिलेसम्म सुपरबाइकहरुमा मात्र हुने गर्थ्यो ।

बाय–डायरेक्सनल क्विकसिफ्टर प्लसकाको प्रयोग यस श्रेणीमा पहिलोपटक गरिएको हो, जसले चालकलाई क्लच लिबरको प्रयोग नगरी गियरलाई बडाउन वा घटाउन, दुवैतर्फ शिफ्ट गर्न सक्षम बनाउँछ । सामान्य क्लच गियर क्विकसिफ्टर प्लसमा बाइकको पावर कम हुँदैन तथा तीव्र गतिले गियर शिफ्ट गर्न सम्भव हुन्छ । यसको प्रारम्भिक मूल्य आठ लाख ४९ हजार नौ सय रुपैयाँ तोकिएको छ । यो बाइक एकदमै नयाँ ग्राफिक डिजाइनको साथ दुई एकदमै नयाँ रङ्गहरु सिल्वर मेटालिक र सेरेमिक ह्वाइटमा उपलब्ध हुनेछ ।

यसका साथै कम्पनीको २०२० केटीएम २५० ड्यूक बाइकमा ओपन–कार्ट्रिज, अपसाइड–डाउन डब्लुपी फोर्क, स्लिपर क्लच, र प्रि–लोड एड्जस्टेबल मोनो सक जस्ता दमदार एवं शानदार विशेषताहरुले भरिपूर्ण रहेको छ । यसले ३० पीएसको दामदार पावरको साथ २४ एनएम टर्क उत्पन्न गर्दछ । नयाँ २०२० केटीएम २५० ड्युकको स्ट्यान्डर्ड बाइक सुपर मोटोको साथ डुअल–च्यानल एबीएसले सुसज्जित छ । कम्पनीका अनुसार यो मोडल दुई नयाँ रङ्ग सिल्भर मेटालिक र डार्क गैलभानोको साथ छ लाख ३९ हजार नौ सय रुपैयाँमा शोरुममा उपलब्ध हुनेछ ।

यसका साथै कम्पनीको आरसी रेन्जले ‘रेडी टू रेस’को विशिष्ट भावनालाई दर्शाउँछ, जुन हरेक तरहको सडकको लागि उपयुक्त छ । आरसी मोडलको बाइकको स्टाइल आजको जमानाको स्ट्रिट–रेसर्सको अनुरुप छ तथा केटीएमको मोटो जीपी फ्याक्ट्री रेसर्सबाट प्रेरित छ । यस रेन्जमा समावेश आरसी ३९० र आरसी २०० बिल्कुलै नयाँ रङ्गहरु र ग्राफिक्सको साथ उपलब्ध रहेको कम्पनीको भनाइ छ । कम्पनीको आरसी २०० को स्ट्याण्डर्ड बाइकको डुअल–च्यानल एबीएसको साथ अपग्रेड गरेको छ । यस श्रेणीको सबै बाइक बीएस–६को अनुरुप छ । साथै पावर एवं टर्कको अनुरुप प्रदर्शन मापदण्डलाई कायम राखेको छ ।

कम्पनीको आरसी२०० को मूल्य छ लाख १४ हजार नौ सय रुपैयाँ र आरसी तीन सय ९० को मूल्य आठ लाख २४ हजार नौ सय रुपैयाँ तोकिएको छ । ‘रेडी टू रेस’को सिद्धान्तअनुरुप, मोटरस्पोर्ट्सको क्षेत्रमा केटीएमको साम्राज्य अद्वितीय छ, जसअन्तर्गत वर्ष १९५३ देखि आजसम्म ६६ साल लामो अवधिमा तीन सयभन्दा बढी वल्र्ड च्याम्पियनशिपमा सहभागी भइसकेको छ । नेपालको लागि केटीएम बाइकको एक मात्र आधिकारिक बिक्रेता हन्सराज हुलासचन्द प्रालिले सन् २०१२ मा नेपालमा केटीएम ल्याएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया