Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको चाडपर्व अफर ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’

सामसङको चाडपर्व अफर ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’


काठमाडौं, असोज १
इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर नेपाली बजारमा ल्याएको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दै सामसङका उत्पादनहरुले आफ्ना ग्राहकहरुको घर र परिवारमा खुसी सजाउन अफर प्रस्तुत गरिएको हो । कम्पनीका अनुसार यस ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ अफरअन्तर्गत सामसङका कन्जुमर इलेक्ट्रोनिक्स उत्पादनहरुमा अधिकतम ३५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिन्छ ।

यस ३५ प्रतिशतसम्मको छुट ग्लोबल नं १ सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङ्ग मेसिनको खरिदमा लागू हुने कम्पनीले जनाएको छ । बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै सामसङ प्लाजाको आधिकारिक वेबसाइटबाट पनि सामसङका उत्पादनहरु खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकहरुलाई प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

सामसङले टिभीहरुमा २ वर्ष (१ वर्ष फूल प्रोडक्ट वारेन्ट र थप १ वर्ष प्यानलमा)को वारेन्टी प्रदान गरेको छ । त्यस्तै डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी रहेको छ । निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित सामानहरु निःशुल्क जडान गरिदिने सुविधा पनि रहेको कम्पनीको भनाइ छ ।

यो फेस्टिभ अफर असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म नेपालभर सामसङका आधिकारिक डिस्ट्रिब्युटर हिम इलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी व्यापार प्रालिद्वारा आफ्ना डिलरहरुमार्फत लागू गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया